सिरहा २१ फाल्गुन। सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी मध्येयका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदा मृत्यु घटनाका मुख्य आरोपी भनिएका रुपेश मण्डललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनाको २४ दिन पछि मुख्य आरोपी भनिएका मण्डललाई भारतबाट पक्राउ गरेको प्रहरी स्रोतले जानाएको छ।
माघ २७ गते करीव ७ वजे राति शौच गर्न बाहिर निस्केको बला अपहरणमा परी सामुहिक बलात्कार भएको भोलीपल्ट विहानमात्र घर आईपुगेकी रिंकुले आमालाई सुनाएका थिए।
विहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बताएका थिए।
घटना मिलाउन गाउँमै वडा सदस्य सहितका पञ्चले आरोपीतहरुबाट एकलाख ५० हजार जरीवाना गराएका थिए। ३० गते पनि पुनः पञ्चायतमा आमा गएर फर्कदा रिंकु घरमा मृत अवस्था भेटिएका थिए।
पक्राउ गरेका मण्डललाई सिरहा जिल्ला अदालतमा म्याद थपने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रिङ्कुका परीवारले बलात्कार घटनामा संंलग्न तीनजनासहित घटना मिलाउने पाँचजनासहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ।