सिरहा, १९ फागुन। सिरहाको गोलबजार नगरपालिका ४ स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहको मनपरि तन्त्रले पराकाष्टा नाघेको छ। मनपरीतन्त्रको ताजा उदाहरण आज महोत्तरीको बर्दिवासमा हुँदैगरेको ‘पञ्च वर्षिय कार्यायोजना निर्माण गोष्ठि’ हो।

क्याम्पसको ‘पञ्च वर्षिय कार्यायोजना निर्माण गोष्ठि’ निर्माण योजनाजस्तो महत्वपूर्ण विषय क्याम्पसका शिक्षक र समितिलाई पनि उचित जानकारी छैन। एउटै कार्यक्रममा जाने मौखिक निम्तोहरुमा सवैलाई फरक–फरक प्रकारले सूचना गराइएको छ।
क्याम्पस प्रमुख साहले सहायक प्रमुख श्याम कुमार सिंहलाई विषय नै जानकारी नगराई हिजो आईतबार जनकपुर जाऔं भने आज हिड्ने बेलामा वर्दिवास जानु पर्छ भने। सहायक प्रमुख महतोले भने, ‘मलाई हिजो मौखिक रुपमा जनकपुर जाऔं भन्नु हुन्थ्यो। आज विहान बर्दिवास जाऔं भन्नु भयो। मैले जानकारी नै नभएको विषयमा म जान्न भने। म गईन।’
क्याम्पस सञ्चालक समितिका सदस्य रामचन्द्र महतोले आफूलाई हिजो २ बजेमात्र बर्दिवासमा बैठक छ भनेर फोनमा जानकारी गराउनु भएको थियो, मैले क्याम्पसको बैठक क्याम्पसभन्दा बाहिर किन राख्नु पर्यो, क्याम्पसमा हो भने आउँछु। बर्दिवास म जान्न भनेको बताए। महतोले भने, ‘म वर्दिवासमा छ भन्ने वित्तिकै जान्न भनिदिएँ। गरिव विद्यार्थीबाट असुलेको रकम हिनामिना गर्ने खेलको साक्षि किनारमा मलाई बस्नु छैन। म त्यसैले बर्दिवास गर्इंन।’
‘राजनीतिक आडमा क्याम्पस प्रमुख साहले ठूलो रकम हिनामिना गरेको अझै छानविन हुन सकीरहेको छैन। क्याम्पस प्रमुख कै आधिकारीतामाथि प्रश्न उठिरहेको छ; भन्दै महतोले भने, ‘क्याम्पसमा बसेर यी समस्या समाधान गर्नुको साटो गरिव विद्यार्थीबाट असुलेको रकम उडाउन, हिनामिना गरेको रकम मिलान गर्न सञ्चालक समितिलाई फकाउने प्रपञ्चमात्र हो, तपाईंहरुले भनेपछि मैले जानकारी पाएको आजको पञ्चवर्षिय योजना तर्जुुमा बैठक।’
क्याम्पस सञ्चालक समितिका अर्का सदस्य विजय कुमार साहले पनि बर्दिवासमा हुने बैठकमा आफूले उपस्थित नहुने जानकारी गराईं सकेको बताए। उनले भने, ‘बर्दिवासमा बैठक छ भनेर मलाई क्याम्पस प्रमुखले जानकारी गराउने वित्तिकै मैले म बर्दिवासमा हुने बाँडफाडको बैठकमा जादिन भनिदिएको छु। म बैठकमा उपस्थित छैन।’
आफैले अध्यापन गराईरहेको क्याम्पसको पञ्चवर्षिय योजना निर्माण बैंठक हुँदै गर्दा यहाँका शिक्षकहरुलाई समेत जनकारी छैन। क्याम्पसका शिक्षक मनोज कुमार साहलाई आज क्याम्पसको बर्दिवासमा केको बैठक रहेछ? भनि सोध्दा उनेले भने, ‘स्ववियु निर्बाचनको विषयमा छलफल गर्न गएको भन्ने मैले जानकारी पाएको छु। हिजोबाट त्यहि विषयमा छलफल भईरहेको थियो। त्यहि होला।’
प्रमुख साहका निकटतम मानिने क्याम्पस प्रध्यापक संघका अध्यक्ष प्रदिप कुमार साहले भने ‘पञ्चवर्र्षिय योजना निर्माणको कार्यक्रम रहेको सुनेको बताए। उनले भने, ‘मलाई पनि सवै जानकारी छैन। तर, मैले पञ्चवर्षिय योजना निर्माण बैठक हो भन्ने सुनेको छु। समिति, शिक्षक, अभिभावक, विद्यार्थीहरु उपस्थित हुने कार्यक्रम छ।’
गोष्ठीमा सहभागी हुन गईहेका धेरै शिक्षक, विद्यार्थी र समितिका प्रतिनिधीलाई पनि विषय जानकारी नहुनुले क्याम्पस प्रमुखको मनपरी तन्त्रलाई उदाङ्गो बनाएको छ।
क्याम्पस प्रमुख साहले भने अन्य अतिथी, क्याम्पसका प्रमुख प्रतिनिधीहरु पनि उपस्थित हुने भएकोले बर्दिवासमा कार्यक्रमको आयोजना गरेको बताए। उनले सवैलाई यो विषय जानकारी भएको पनि दावी गरे।
गरिव विद्यार्थीलाई सहुलियत शुल्कमा उच्च शिक्षा दिने मनसायले स्थापना भएको क्याम्पसमा अहिले निश्चित शिक्षक र सञ्चालक समितिको स्वार्थले विद्यार्थी मारमा परेका छन्। विद्यार्थीबाट उठेको रकम खर्चगर्ने ठाउँ खोजिरहेका छन्। उनले सवै कार्य राजनीतिक आडमा गरिरहेका छन्। उनी एमाले निकट प्रध्यापक संगठनमा आवद्ध छन्।
क्याम्पस प्रमुख साह तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालय धनगडीमाई १२ बिष्णुपुरकट्टीका स्थायी मावि शिक्षक पनि हुन्।





















