बर्दिवास, ११ फागुन। प्रेस सेन्टर नेपालको मधेश प्रदेश अध्यक्षमा निरज पिठाकोटे मगर सर्वसम्मत चयन भएका छन्। शनिबार बर्दिबासमा सन्पन्न प्रेस सेन्टर नेपालको पाँचौ प्रदेश अधिवेशनबाट पर्साका पत्रकार पिठाकोटी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

480689755_10230993373571799_5772069059233412516_n

सम्मेलनले बरिष्ट उपाध्यक्षमा सप्तरीका गोपाल गुप्ता, उपाध्यक्षमा धनुषाका रामएकवाल महरा, महासचिवमा सिरहाका जिवछ यादव उदासी चयन भएका छन्। 

सचिवहरुमा धनुषाका विनोद महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दिपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा महोत्तरीका निरञ्जन साहलाई चयन गरिएको आयोजकले जनाएको छ।

सदस्यहरुमा धनुषाकी प्रतिभा झा, सिरहाका रामनारायण ठाकुर र अनुभक्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीकी इशा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता रहेको प्रेस सेन्टरका मधेश इन्चार्ज समेत रहेका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए। पहिलो बैठकबाट महिला उपाध्यक्ष मनोनयन गरिने जनाएको छ।