एसके राय

सिरहा,१० फागुन। सिरहाको चुरे क्षेत्रको सामुदायिक वनमा  आगलागी भएको छ। गोलबजार नगरपालिका १० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वनमा शनिबार अपरान्हबाट आगलागी भएको हो। 

LORD budha school

करिव १२ हेक्टर क्षेत्रमा फैलिएको आगो गोलबजार, मिर्चैया र सिरहाबाट आएको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन कर्मचारी तथा स्थानीयको सहयोगमा करिव ७ घण्टापछि नियन्त्रणमा आएको डिभिजनल वन कार्यलय लहानका वन अधिकृत मनोज कर्णले जानकारी दिए।

GBR1

उनले ठूलो क्षेत्रफलमा आगलागी भएपनि धेरै रुखहरु हुर्कीसकेकाले थारैमात्र विरुवाहरु कामनलाग्नेगरी जलेको बताए। उनका अनुसार वनमा कसरी आगलागीभयो भन्ने अझै नखुलेपनि त्यसको अनुसन्धान कार्य जारी रहेको बताए। 

स्थानीयवासीले करिब १२ बजेतिर वनमा आगलागी भएको जानकारी गराएपछि मात्रै आफूलाई घटना थाहा भएको वडा नम्बर १० का अध्यक्ष ओपेन्द्र मुखियाले बताए। आफूले जानकारी पाउनासाथ सम्वन्धित निकायलाई जानकारी गराउँदै नियन्त्रणको लागि आफूसमेत सक्रिय भएको वडाअध्यक्ष मुखिएले बताए।

वन क्षेत्रको आगोले नियन्त्रणमा आयपनि त्यस क्षेत्रमा बसोवासगर्ने करिव ५५ घरपरिवार अझै त्रासमा रहेको सामुदायीक वनका अध्यक्ष क्षत्र कुमार आलेले बताए।