सर्लाही, २९ माघ। सर्लाहीमा गएराती बिद्युतको तार सर्ट भएर १ घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ। आगलागीमा परी ५ वटा चौपायाको मृत्यु भएको छ।

रामनगर गाँउपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमवार राती  आगलागि हुँदा घर पुर्णरुपमा जली नष्ट भएको हो। 

आगलागीमा गोठमा रहेको ५ वटा बाख्रा जली मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजार सहित करिव ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाहीका सूचना अधिकारी डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

घटनाको खबर लगत्तै  प्रहरी  चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमाण्डमा खटिएको प्रहरी र स्थानीयको सहयोगमा १ घन्टा भित्रै  आगो पुर्णरुपमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ।