झापा, २२ माघ। झाप प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागि एक भारतीय नागरिक घाइते भएका छन्। कनकाई नगरपालिका ४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले चलाएको गोली लागि लागु औषध कारोवारी भारतीय नागरिक अञ्जर आलम घाइते भएका हुन्।
उनको घुँडामा गोली लागेको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए। गोली लागेका अञ्जरलाई उपचारको लागि अस्पताल लगिएको छ।
उनका भाइ युसुफ आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आलमद्वयको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको छ।
‘लागुऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी जाँदा आक्रमण हुन खोजेपछि जवाफी कारबाही गर्दा गोली लागेको हो,’ प्रमुख केसीले भने।
उनीहरू भारतबाट ब्राउनसुगर बोकेर नेपाल आएका थिए।