फोटो : सामाजिक सञ्जालबाट।
काठमाडौं, १९ माघ। भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ। ती सबै जनकपुरका हुन्।
शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले बताएका छन्। त्यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन्।
मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।
बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको थियो। दुर्घटनाका बेला स्कारपियोको गति एक सय किलोमिटर प्रतिघण्टा थियो।