सिरहा, १९ माघ। सिरहाको गोलबजार ननगरपालिका ७ चोहर्वा देखि १० घुर्मिघाटसम्म सडक निर्माणमा सामुदायिक वनबाट ग्राभेल उत्खनन गरेर प्रयोग गरेको पाइएको छ। चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष, वन कर्मचारी र जनप्रतिनिधीको मिलेमत्तोमा ग्राभेल उत्खनन् भएको हो। 

475820131_651861540514392_6997275117398274282_n

रातको समयमा वनभित्रै स्काभेटर लगेर उत्खनन् गरी टिफरमा ओसार्ने गरेको स्थानीयले जानकारी दिए। उनले यहाँ सवैलाई जानकारी भएको बताए। वन उपभोक्ता समूह,  वनका कर्मचारी,  जनप्रतिनिधी सवैलाई जानकारी छ। तर, यो उत्खनन् रोक्न कोही अग्रसर भएको देखिएन। 

सडक निर्माण कम्पनीले गोलबजार नगरपालिकाका जनप्रतिनिधीलाई प्रभावमा पारेर उनीहरुकै नजीकका व्यक्तिहरुमार्फत वन, खोला तथा व्यक्तिको निजी जमिनबाट अवैधरुपमा ग्राभेल, माटो उत्खनन् गरिरहेका छन्। सवै जिम्मेवार निकाय नदेखेजस्तो गरिरहेका छन्। 

जिम्मेवार निकाय नै उत्खनन् कर्ताको पक्षपोषमा लाग्दा प्राकृतिक सम्पदाको दोहन भईरहेको छ। संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी नै उत्खनन् गराउन सक्रिय रहेको स्थानियको आरोप छ। 

चुरे चौफाल सातपत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ्गले पहिला आफूलाई उत्खनन्का बारेमा कुनै जनकारी नै नभएको बताए। विस्तारै उनले यहाँ रातभरी वन तथा खोलाबाट उत्खनन् भईरहेको बताए। 

उनले भने, ‘यहाँ रात परेपछि वन तथा खोलामा स्काभेटर लगाएर उत्खनन् भईरहेको छ। यहाँ सवैको मिलेमत्तो छ। मेरो एक्लो प्रयारले त्यो रोकिंदै न।’

स्थानीय भने अध्यक्ष तामाङ्गले नै ठेकेदारलाई स्थानीय स्तरमा ग्राभेल र माटो उत्खनन् गर्न सघाउने  गरेको आरोप लगाएको छ। 

यस सम्वन्धमा लामाले मैले आफ्नै जिनी जमिनबाट सात सय टिफर माटो दिएको स्वीकार गरे। उनले भने, ‘सडक वन्ने भएपछि मैले मेरो निजी जमिनबाट सात सय टिफर माटो दिएको हो। अन्यले पनि दिएका छन्।’

डिभिजन वन कार्यालय लहानका डिभिजनल प्रमुख शैलेन्द्र कुमार मिश्राले उत्खनन् भएको विषयमा हामीले अनुसन्धान गरिरहेको बताए। उनलेभने, ‘प्रहरीले स्काभेर समाएको भन्ने सुनेको छ। हामीले पनि अनुसन्धान गरिरहेका छौं। दोषि उम्किनु हुँदैन। त्यसको लागि सवैको सहयोग आवश्यक छ।’

वनबाट सडकमा ल्याएको माटो, ग्राभेल सम्याउन रोकेका बेला 

वन कर्मचारीले मुचुल्का गर्ने भन्दा भन्दै सम्याउन खोजेपछि स्काभेटर प्रहरीले लगेकाभभन्ने जानकारी पाएको वन समकिा अध्यक्ष देवकुमारले बताए।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर साहले भने सडकमा रहेको ग्रभेल सम्याउने क्रममा स्थानीयले मिलाउन नदिएर विवाद भएपछि स्काभेर सुरक्षाको लागि ल्याएर नगरपालिकाको जिम्मा लागाएको बताउँछन्। 

सडक निर्माण कम्पनी आरोही कन्ट्रक्सनका प्रतिनिधी नागेन्द्र यादवले आफूहरुले बसन्त सिंह नामगरेको व्यक्तिसँग ग्राभेल र माटो खरिद गर्ने सम्झौता अनुसार उनै संग लिएको बताए। 

इता डिभिजन सडक कार्यालय, लहान स्थानीय प्रतिनिधी रञ्जित यादवले आफूलाई कसले कहाबाट ल्याउँछ त्यो आफूलाई जानकारी नभएको बताए। तर, स्थानीयले भने माटो, ग्राभेल कोसँग कसरी किन्ने काम उनैले गर्दै आएको बताए। केही दिन अघि सशस्त्र प्रहरीले अवैध उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको स्काभेर छुटाउन रञ्जित यादव आफै आएका थिए। 

गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको पनि उस्तै रेडिमेट उत्तर छ। उनलाई  आफूलाई ग्राभेल उत्खनन्को विषयमा कुनै जानकारी नै नभएको बताए। उनको घरै अगाडी बन्दै गरेको सडकमा कहाँबाट माटो, ग्राभेल आउँछ भन्ने नै उनलाई जानकारी छैन। जुन कुनै स्थानीय पत्याउनै तयार छैनन्। 

 2524b541-6d37-4b5d-974d-3898a0868874475759658_651861440514402_5512643977408741392_n (1)