सिरहा, १६ माघ। सिरहामा ४५ हजारभन्दा बढी किशोरीहरुलाई पाठेघरमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने भएको छ। माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने राखिष्ट्रिय खोप अभियोन अन्तर्गत सिरहामा १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार चार सय ६३ जना किशोरीलाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले जानकारी दिए।
जिल्लाका १७ पालिकामा तीन सय ६३ विद्यालय र एक सय ५५ स्वास्थ्य संस्थासहित पाँच सय १८ खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य अधिकृत यादवले जानकारी दिए। अभियोन अन्तर्गत कक्षा ६ देखि १० कक्षासम्म अध्यनरत छात्राहरुलाई खोप लगाउने लक्ष्य लिएकाले विद्यालयलाई खोप केन्द्र बनाइएको यादवले बताए। उनले भने, ‘अभियोन अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गरिरहेका छात्राहरुलाई खोप लगाउने हो। विद्यालय नआउने वा विद्यालय वाहिररहेका १० वर्ष उमेर समूहका किशोरीलाई भने पायक पर्ने विद्यालय वा अन्य खोपकेन्द्र मार्फत खोप लगाइने छ।’
जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाएको छ। सिरहा, मिर्चैया, कल्याणपुर, कर्जन्हा, लहान, सुखिपुर, नगरपालिका र विष्णुपुर, नरहा, सखुवानन्कारकट्टी गाउँ पालिका पहिलो चरयामा खोप लगाईने छ।
दोस्रो चरण अन्तर्गत औरही, अर्नामा, बरियारपट्टी, नवराजपुर, लक्ष्मीपुरपतारी, भगवानपुर गाउँ पालिका र सुखिपुर, धनगढीमाई, गोलबजार नगरपालिकामा खोप अभियान सञ्चालन हुने छ।
जनस्वास्थ्य अधिकृत यादवले खोपकर्तालाई आवश्यक तालिम, अभिमुखीकरणसहित तयारी गरिसकिएको जानकारी दिए।
उनले खोप प्रभावकारी र सुरक्षीत रहेकोले सवैले यसमा सहभागी जनाउनु पर्ने बताए। उनलेभने, ‘खोपहरुका बारेमा विभिन्न अफवाहहरु फैलने गर्दछ। यो खोपको बारेमा पनि केही अफवाहहरु भईरहेको छ। त्यो अफवाहको पछि लाग्नु हुदैन। यो खोप सुरक्षीत र प्रभावकारी छ।’