सिरहा, १५ माघ।  सिरहामा आफै सवार ट्याक्टले किचेर मजदुरको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई १० धनगढीचौकमा  स १ त ३८४४ नम्बरको ट्याक्टरका मजदुर कर्जन्हा ६ बडहराका २५ वर्षिय सुरेश मुखियाको मृत्यु भएको हो।

lard bhudha school

पश्चिमबाट पूर्वतर्पm जाँदै गरेको ट्याक्टरको टोलिमा सवार मुखिया ट्याक्टरबाट लडेर इन्जिनको ठूलो बयाँ चक्का मुनि परि शरिरको विभिन्न भागमा चोट लागेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बरिेन्द्र कुमार पासमानले जानकारी दिए। घाइते मुखियाको लहानस्थित रामकुमार उमाप्रसाद  प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी पासनवानले बताए। 

मुखियाको शवलाइ पोस्टमार्टमाको सोही अस्पतालमा राखिएको छ। 

घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ।