सप्तरी, १५ माघ। सप्तरीमा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ भुर्कीमा मङ्गलबार ४० वर्षीय युवक सञ्जय कुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
घर नजिकै प्याज बारीमा मोटरबाट पानी सिंचाई गर्ने क्रममा विद्युतिय तारबाट करेन्ट लागेर सख्त घाइते चौधरीको उपचारको क्रममा राजविराज अस्पतालमा मृत्यु भएको सप्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार मृतकको शव परिक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेकोसमेत उनले जानकारी दिए।