आशिष विश्वकर्मा

सिरहा, १३ माघ। सिरहाको धनगढीमाई नगरपालिकामा ढुङ्गागिट्टी तथा ग्राभेल उत्खन नियन्त्रण कार्यमा जनप्रतिनिधी आपसमा दोषारोपण गरेर माफियालाई मलजल गरिरहेका छन्। पछिल्लो दुई आर्थिक वर्ष (२०८०÷०८१ र २०८१÷८२) मा कुनै खोला खानी ठेक्का नलागे पनि निर्वाधरुपमा ढुङ्गागिट्टी तथा ग्राभेल उत्खन, ढुवानी र डम्पीङ्ग भईरहँदा वडाले मेयरलाई र मेयरले उपमेयरमाथि दोषारोपण गरेर माफियालाई मलजल गरिरहेका हुन्। 

पछिल्लो केहिदिनदेखि पालिकाको ८ र १३ नम्वर वडाबाट ठूलो परीमाणमा ग्रभेल उत्खनन्, डम्पीङ्ग र ढुवानी समेत भईरहेको छ। यस विषयमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष लगायत सवै कार्यपालिका सदस्य र प्रहरी प्रशासन जानकार छन्। तर यसलाई नियन्त्रण, नियमन गर्ने विषयमा एकले अर्कोलाई दोषरोण गर्ने गरेको स्थानीइहरु बताउँछन्। 

स्थानीयमात्र हैन १३ नम्वरका वडा अध्यक्ष सूर्यमान तामाङ्गको समेत मेयर, उपमेयर लगायतका कार्यापालिकाले यस विषयमा उदासिनता देखाएको बताउँछन्। ‘उत्खनन् नियन्त्रण गर्ने विषयमा मेयर, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सवैलाई गुहार माँगे कसैबाट उचित सहयोग मिलिरहेको छैन; वडा अध्यक्ष तामाङ्ले भने, ‘हिजो आजपनि रातको समयमा उत्खनन् र ढुवानीगरीरुहेको छ। मैले फोनमा मात्र हैन कार्यपालिका बैठकमै ग्राभेल उत्खनन् नियन्त्रणमा योजना बनाएर लाग्न पर्यो भन्दा मेयरसावले नबोले रै जित्नु भयो, अन्यले सुनेको नसुन्यै गर्यो। यहाँको माफिलाई म एक्लैले केही गर्न सक्ने अवस्था छैन।’

वडा अध्यक्ष तामाङ्गलाई हाँहरु माफियाहरुबाट प्रभावित भएकै हुन् त? भनि प्रश्न गर्द उनले भने, ‘खै अव मैले के भन्नु, उहाँहरुका व्यवहारप्रति मलाई पनि शंका लाग्न थालेको छ। बाँकी तपाईहरु पनि बुझिहाल्नु हुन्छ नी।’

उनले सिधै स्वीकार नगरेपनि ग्राभेल सवैलाई माफियाले प्रभावित पारेको घुमाउरोपाराले स्वीकारोक्ती जनाए। 

पालिकाका मेयर शिवशंकर महतोलाई यस विषयमा फोनबाट जान्न चाहँदा उनले पहिला नै मैले नै सवै कामको जिम्मा लिएको छु र? भन्दै प्रतिप्रश्न गरे। पछि उलने आफू कामविशेषले अहिले काठमाडौंमा रहेकोले सम्वन्धित वडा अध्यक्षले रोक्दा हुने बताए। सोही क्रममा मेयर महतोले अनुगमन नियमनको मुख्य जिम्मेवारी उपमेयरको भएकाले उहाँले गर्नु पर्ने भन्दै त्यतै बुझ्दा राम्रो हुने सुझाव दिए। 

उत्खनन् नियन्त्रण हुन नसकेको विषयमा उपप्रमुख संगीता चौधरीसँग जिज्ञासा राख्दा उनले आफ्नो तर्फबाट सवैखालको प्रयास गरेपनि कसैबाट सहयोग नपाएपछि आजित र निराश भएको सुनाए। उनले भने, ‘मैले जानकारी पाउनासाथ नगरप्रहरीलाई लिएर आफै स्कूटी चलाएर दुई रात गएँ। हामी गएको बेलामा टिफार भागी हाल्छ। जेसीबीहरु खनेको ठाउँभन्दा पर भेडीन्छ। त्यो पनि साँचो र ड्राइभर हुँदैन, मैले प्रयास गरेकै हो। तर, सफल हुन सकिरहेको छैन।’ 

उनले यो एक्लो प्रयासबाट नहुने भन्दै सवैको साथ सहयोगको आवश्यकता रहेको बताए। उपप्रमुख चौकरीले भने, ‘यो नियन्त्रण म एक्लोबाट हुँदैन। जनप्रतिनिधी, प्रहरी, प्रशासन, स्थानीय जनता तपाईंहरु सवैको सहयोग आवश्यक छ। एक्लो प्रयासबाट सम्भव छैन।’ 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु प्रसाद सोतिले यसको मुख्य जिम्मेवारी स्थानीय तहको भएको भन्दै सुरक्षाको विषयमा आफूहरु तयार रहेको बताए। उनले आपूmहरु लिखितरुपमा सुरक्षा माँग गरेको खण्डमा हामी दिन तयार रहेको बताए। 

उनले यहाँ सवैको आ–आफ्नो स्वर्थ अनुसार प्रहरीलाई प्रयोगमात्र गर्न खोजिरहेको र बदनाम गराउने प्रयास भईरहेको बताए। उनलेभने, ‘त्यहाँ कसैको खेत बारी खनिएको छ, बाटो अवरुद्ध भएको होला, त्यसको लिखित निवेदन लिएर आउनुस् हामी कार्वाही प्रकृया अगाडी बढाउँछौं भन्दा कोही लिखित लिएर आउँदैन। आफ्नो इन्टेष्ट अनुसार फोन गर्छन र हराउँछन्। यसरी काम गर्न सम्भव छैन।’

स्थानीय भने ग्राभेल माफियाहरुले पालिकाका मेयरसहितका जनप्रीतनिधी, मूख्य कर्मचारी र प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर उत्खनन गरिरहेको बताउँछन्। अन्यथा रातभर उत्खनन् हुँदापनि माफियालाई कानुनी दायरामा नल्याउनु मिलेमत्तोवाहेक केही होइन्।