आशिष विश्वकर्मा

सिरहा, २५ पुस। यतिखेर तराई–मधेश जाडोले कठ्याङ्ग्रीएको छ। पछिल्लो केहिदिनदेखि  लागेको कुहिरो र निरन्तर चलेको चिसो हावाका कारण गरिव विपन्न समुदायको जनजीवन कष्टकर बन्न थालेका हो। 

naraha 4 1

प्राकृतिक प्रकोपले पनि गरिवलाई कसरी पिरोल्छ भन्ने उदाहरण हो, सिरहाको नरहा गाउँपालिका वडा नम्वर ३ खोरियाका सदाय (मुसहर)  बस्ती। यो बस्ती पूर्वपश्चिम राजमार्ग अन्तर्गत नयाँ चोहर्वादेखि दक्षिण करिव एक किलोमिटरको दुरीमा छ। जहाँ ६० घर परिवार दलित विपन्नको बस्ती छ। बस्तीमा सदायहरु मात्र ४५ घर छन्। बाँकी १५ घर महरा, उराउँ सामुदायका बान्दिा छन्। यहि वस्तीको मध्यभागमा मानिस उभिन्न पनि नमिल्ने छाप्रोमा बस्छन् ६५ वर्षिय शुक्रा सदाय र उही उमेका उनकी श्रीमती जंगली सदाय।

Arnama  081

शुक्रा क्षयरोगबाट पीडित छन्। श्रीमती जंगली दुवै आँखा देख्दैनन्। उनीहरुका तीन जना छोरीहरु विवाह भएर गईसकेका छन्। शुक्राले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता र चोक चौराहमा माँगेर परीवारको छाक टार्दै आएका छन्। जिर्ण शरीर, शरीर न्यानो बनाउने कपडाको अभाव र कठ्याङ्ग्रीने जाडोले उनको माँग्ने धन्दापनि चौपट भएको छ। उनी प्रकृतिक प्रकोप, रोग र भोकको एकै पटक सिकार भएका छन्। उनीहरु अहिले छिमेकीहरुले दया गरेर दिएको खानाले त्रान धानी रहेका छन्। 

शुक्रा भन्छन, ‘बुढेसकालसँगै रोगले थलिएको छु। श्रीमती आँखा नदेख्ने भएकाले केही काम गर्न सक्दैनन्। मैले माँगचाङ गरेर ल्याएको सिदा सामलले हातमुख जोडिएको थियो, अव त्यो पनि बन्द भयो। छिमेकीहरुले दया गरेर दिएको खानाले जीबन धान्दै छौं।’ 

उमेरले ६० नाघिसकेपनि जंगली अहिलेसम्म नागरिक सम्म बन्न सकेका छैनन्। नागरिक्ता बनाउने प्रयन्त गर्दा पनि राज्यको झन्झटिलो प्रकृया, खर्च अभावमा उनले नागरिक्ता समेत बनाउन सकेका छैनन्।

‘उनीहरुका छोरा छैनन्। छोरीहरुको आर्थिक अवस्थापनि कमजोर भएकाले सहयोग गर्ने अवस्था छैन; छिमेकी मिना सदायले भने, ‘हामी गरिवको जीवन कष्टकर छ। कोही सहयोग गर्ने वाला छैन।’

शुक्राले सामान्य समयमा माँगेर गुजारा चलाउँदै आएका थिए। जाडोका कारण बाहिर निस्कन नसक्ने भएपछि अव मुखमा माड पनि नपर्ने चिन्तामा छन्।

शुक्रामात्र हैन सोही बस्तिका एकल महिला सुमिन्त्रा सदायको पनि अवस्था फरक छन्। उनका ५ देखि १५ वर्ष उमेरका ४ जना छोरा छोरी छन्। उनले मंसिरमा मालिकको धानकाटेर केही धान जम्मा गरेका छन्। त्यसैको खोलेफाँडो बनेपनि तरकारी किन्न सक्ने अवस्था समेत छैन। तरकारी किन्न सक्ने अवस्था नभएपछि बच्चाहरुलाई नुनभात खुवाउँछन्। 

सुमिन्त्राले भने, ‘जाडोका कारण कुनै काम पनि पाइनन्, हिजो आज दिनभरजासो बच्चाहरुलाई न्यानो बनाउन घुर  अगाडि बस्छु। तरकारी किन्ने पैसा नभएपछि बच्चाहरुलाई निख्लै भात ख्वाउन बाध्य छु।’

शुक्रा र सुमिन्त्रामात्र हैन वस्तीका ४५ घर सदायको उस्तै अवस्था छ। चिसोको पारो बढेसँगै उनीहरुको हातमुख जोड्ने समस्या पनि सुरु भएको छ। 

कुहिरोले चिसियको यो वस्तीका नागरिकलाई न्यानो बनाउन न स्थानिय सरकार पुगेका छन्। न दलित विपन्नको नाममा साइनबोर्ड झुड्याउने कुनै गैर सरकारी संघ–संस्था नै।  चिसोले काम नपाउने, पाएपनि गर्न नसकिने भएपछि उनीहरुको दिन घुर तापरै वितेको छ।

चुनावताका विभिन्न सपनाका पुलिन्दा बाढेर भोट कुम्ल्याएका जनप्रतिनिधीहरु बस्तिमा फर्केर आएका छैनन्। चुनावताका पानी, विजुली, घर वनाईदिने बाचा गरेका जनप्रतिनिधी कहिल्यै फर्किएर नआएको उनीहरुको गुनासो छ। 

नागरिक समस्या परेको बेला सघाउने राज्यको दायित्व हो। अहिले तराई मधेशका जनता चिसोको चपेटामा परेका छन्। यस्तो बेलामा देशका तीनै तहका सरकार बेखवर जस्तै छन्।  सरकार जनताको पक्षमा काम गरिरहेको छ भन्ने सर्वसाधारण जनताले महसुस गर्न पाएका  छैनन्। 

नरहा गाउँ पालिकाका अध्यक्ष राम प्रमोद यादवलाई, ‘चिसो बढीरहेको छ। जनता जाडोले कठ्याङ्ग्रीएका छन्। पालिकाले जनतालाई जाडोबाट बचाउन के योजना बनाएको छ?’ भनि प्रश्न गर्दा उनले हल्का पारामा भने, ‘हामी दाउरा किन्दै छौं, प्राप्त भएको दाउरा चोक चोकमा बाढ्ने योजना रहेको छ।’

नरहालेमात्र हैन जाडोमा सवैभन्दा बढी प्रभावित दलित विपन्न समुदायकालागि कुनै स्थानीय तहले योजना बनाएको छैन। सवै पालिकले प्राकृतिक प्रकोपकालागि बजेट विनियोजन गरेको भएपनि गरिव, दलित तथा विपन्नले यसबाट राहात पाउने अवस्था नरहेको सवरी संकल्प परीवारका अरुण सदाय बताउँछन्। 

चिसोले कठ्याङ्गीएको नरहा ३ को यो सदाय वस्ती प्रतिनीधि वस्तीमात्रै हुन्। मधेशमा रहेका १ लाख ७९ हजार १ सय ५३ जना सदाय समुदायको लगभग साझा समस्या हो। आफ्नै बस्ने थातथलोसमेत नहुने यो समूदाय विशेषगरी सडक तथा खोला किनारको ऐलानी जमिन, साहु महाजनको जग्गामा बसोबास गर्दै आएको छ। 

naraha 1naraha 6 1naraha 2