सिरहा, १४ पुस। सिरहाको गोलबजारमा भुस्याहा कुकुरको टोकाइबाट ५ जना घाइते भएका छन्। गोलबजार नगरपालिका १२ बेतौनामा विहिवार झुस्याहा कुकुरको टोकाईबाट ५० वर्षिय सुधराम मण्डल, ६० वर्षिय देविका राम, ४५ वर्षिय कपलेशरी देवी मण्डल, २३ वर्षिय विजय मण्डल र एक १६ वर्षिया बालिका, घाईते भएका हुन्।

गाउँ घर आँगनमै बसिरहको अवस्थामा एउटै कुकुरले पाँचैजनालाई पालैपाटो झम्टेर टोको स्थानीय समाजसेवी युवा उमाकान्त मण्डलले जानकारी दिए। उनका अनुसार घाइतेहरुले सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पताल र जनकपुरमा उपचार भईरहेको छ। घाइतेहरु गरिव विपन्न रहेकाले नगरपालिकाले नै रेविज विरुद्धको खोप उपलब्ध गराउनु पर्ने माँग गरेका छन्। 

भुस्याहा कुकुरहरुले चरणमा रहेका १० वटा बाख्रा र बाख्राका पाठा पाठीसमेत खाईदिएको स्थानीयले जानकारी दिए। कुकुरले प्रदीप मण्डल, नागेर मण्डलसहित व्यक्तिहरुको १० वटा बाख्रा मारेर खाएको बताए। 

कुकुरको आक्रमणपछि स्थानीय त्रसित भएका छन्।