सिरहा, १४ पुस। गोलबजार नगरपालिकाको उत्तरी क्षेत्रमा रहेको खानेपानी समस्या समाधानगर्न योजनाबद्ध रुपमा प्रयास गरिरहेको नगरप्रमुख श्याम कुमार श्रेष्ठले बताएको छ। गोला मुक्सार खानेपानी सरसफाई तथा स्वच्छता हस्तान्तरण तथा पूर्ण सरसफाई बस्ती घोषणा कार्यक्रमलाई सम्वोधनगर्दै मेयर श्रेष्ठले यस क्षेत्रको खानेपानी समस्या समाधानमा पालीकाको प्रयास जारी रहेको बताए। 

ad0a67f8-73f3-4eaf-9fbd-31b74970f418

गोलबजार नगरपालिका १ र ३ मा पर्ने गोला मुक्सार खानेपानी तथा सरसफाई आयोजना उद्घाटनसमेत गर्दै यहाँका ७५ घर परीवारमा चाँडै पानी पुर्याउने मेयर श्रेष्ठले प्रतिबद्धता जनाए। उनले भने, ‘अहिले यसको क्षमताले ६० घरपरीवार मात्र धारा प्रयोग गर्न सक्ने अवस्था छ। योजनाको क्षमताले सवै घरपरीवारलाई धान्न नसक्ने भएकाले ६० घर परीवारमामात्र पानी वितरण गरिएको हो। बाँकी घरपरीवारलाई पनि बैकल्पीक व्यवस्था गरेर भएपनि खानेपानी पुर्याउने मेरो प्रतिबद्धता छ।’ 

896e8a61-1325-4d14-80ea-9e37bbff7f06

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मानती साह, वडा अध्यक्षहरु १ नम्वरका देववहादुर थापा, २ का सुकदेव सिंह, ३ का धनप्रसाद लामा, ६ का संजित लामा, ७ का रामसरण ठाकुरको उपस्थिति रहेको थियो। उहाँहरुले नगरपालिकाले उत्तरी क्षेत्रका समस्यालाई नियालीरहेको र समाधानका उपायहरुको खोजी भईरहेको वताए। 

त्यसैगरी, दलित महिला केन्द्रका तेजेन्द्र लामाले खाने पानीको दिगो समाधानका उपाय अवलम्वन गर्न सुझाव दिए। हस्तान्तरण कार्यक्रममा सवल नेपालका कार्यकारी निर्देशक दिपक मिश्रा, जमदह खानेपानी तथा सरसफाई समितिका मनु स्याङ्तानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले मन्तव्य व्यक्त गरेका थिए। 

गोलबजार नगरपालिका, गैरसरकारी संस्था सवल नेपाल र स्थानीयको जनश्रमदानसहित कुल ५० लाख ९४ हजार ७ सय ५६ रुपैयाँ २० पैसा लागतमा पुरानो खानेपानी योजनालाई मर्मत, नयाँ पाईपलाई र धारा जडान गरिएको हो। जसको लागि नगरपालिकाले १९ लाख ७८ हजार ७ सय ४ रुपैयाँ ५१ पैसा, सवल नेपालले २३ लाख ७९ हजार ६ सय ७७ रुपैयाँ २७ पैसा र समुदायको ७ लाख ३६ हजार ३ सय ७६ रुपैयाँ ४२ पैसाको श्रमदानमा आयोजना सम्पन्न भएको हो। 

पानी संकलन गर्ने पुरानो ट्याङ्की जीर्ण भएर पानी नअडीने भएपछि यहाँका बासिन्दाले पानीको समस्या भेल्दै आएका थिए। त्यही  ट्याङ्कीमा १० हजार लीटरको ३ वटा प्लाष्टीकको ट्याङ्की जडान, गाउँ भरी पाईलाई विछ्याउने, ट्याङ्की सुरक्षाकोलागि ट्रष्ट निर्माण र प्रत्यक घरमा धारा जडान गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रमगगन थापा मगरले बताए। 

पानी पाएपछि स्थनीय खुसी भएका छन्। उनीहरुले उद्घाटन तथा घोषणा सभामा उपस्थित अतिथीहरुलाई सम्मान गर्नुका साथै नाच गान गरेर स्वागत गरेका थिए।