नेपालका सशस्त्र प्रहरी सिरहाबाट भारतीय सुरक्षाकर्मीहरुलाई बैठकको लागि बर्दिवासतर्फ दिइर जाँदै।
सिरहा, १२ पुस। नेपालको सशस्त्र प्रहरी (एपीएफ) र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिच नियमित हुने सीमा सुरक्षा सम्वन्धि बैठक आज बर्दिवासमा हुने भएको छ। नियमित सीमा सुरक्षा सम्वन्धि डीआईजी स्तरको बैठक हुन हुन लागेको हो।
बैठकमा भारती तर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरी प्रहरीसहित जिल्लाका प्रमुखहरुको बैठक हुने डीआईजी कालीदास धौवजीले जानकारी दिए।
उनले ६÷६ महिनामा नियमित काउन्टरपास बैठक बस्न लागेको बताए। दुवै तिर आलो पालो बस्ने सहमति अनुसार यो पटक बर्दिवासमा बस्न लागेको जनाए।
सीमा आर–पार हुने विभिन्न आपराधीक घटनाहरुमा मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ। खुल्ला सीमानाका कारण अबैध रुपमा हुने तस्करी नियन्त्रणको विषयमा छलफल हुने जनाएको छ।
पछिल्ला दिनहरुमा तस्करी नियन्त्रणको क्रममा गस्तीमा रहेका नेपाली तथा भारतीय सुरक्षा कर्मीहरुको हत्या गर्ने क्रम बढेको छ। गत मंसिर १६ गते सिरहाको बडियारपट्टी गाउँ पालिका १ कचनारी छोट्की टोलमा सशस्त्र प्रहरीका सई लक्ष्मण यादवको हत्या भएको थियो।
त्यसैगरी, २०७९ भदौ १३ गते राति मदिरा तस्कर समूहले नेपाल बाट भारततर्फ मदिरा तस्करी गरेको अवस्थामा स्कोरपीयो रोक्न खोज्दा भारतको मधिुवनी लदनीया चौकी अन्तर्गत हेड कन्ष्टेवल देवराज शर्माको मृत्यु भएको थियो।
यस्ता घटनाले सीमा सुरक्षामा चुनौति थपीएकाले मदिरा तस्करीका विषयमा सम्वेदनशिल रुपमा छलफल हुने बताइएको छ।