सिरहा, ११ पुस। सिरहाको कर्जन्हा नगरपालिकाका एक विद्यालयले एक जेहेनदार तथा विपन्न वर्गका विद्यार्थीलाई कक्षा १० सम्म पूर्ण निःशुल्क पठन पाठन गराउने भएको छ। जिल्लाको कर्जन्हा नगरपालिका ११ स्थित सिद्धान्त शिक्षा निकेतन बस्तिपुरले समाजिक दायित्व निर्वाह गर्दै एक जनालाई पूर्ण निःशुल्क पठन पाठन गराउने भएको हो। 

विद्यालयका संस्थापक मदन राईका पुत्र सिद्धान्त राईको २२ औं जन्मोत्सवको अवसरमा कर्जन्हा नगरपालिका ६ बेतहा निवासी बिन्देश्वर ठाकुरकी ८ वर्षीया  छोरी रोहिनीलाई १० कक्षा सम्म सम्पूर्ण पठन पाठन निःशुल्क रुपमा प्रदान गरिने संस्थापक राईले जानकारी दिए।

जन्मोत्सव तथा छावृति समारोहमा समाजसेवी प्रभत महतो, पुरुशोत्तम शाह, भरत साहलगायत विद्यालयका सम्पूर्ण शिक्षक, अभिभावक  विद्यार्थीहरूको उपस्थित रहेका थिए।