सिरहा, ९ पुस। सव–डिभिजन वन कार्यालय चोहवा, सिरहाले गागन खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा टिफर र स्काभेर नियन्त्रणमा लिएको छ। 

गोलबजार नगरपालिका २ गागन खोलाबाट रातको समयमा अबैध गिट्टी वालुवा उन्खन गरिरहेको अवस्थामा प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको स्काभेर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिफर नियन्त्रणमा लिएको हो। 

गस्तिमा रहेका वन कर्मचारीले रातको समयमा गागन खोलाबाट गिट्टी बालुका चोरी निकारी गरिरहेको अवस्था उक्त समावरीसाधन नियन्त्रणमा लिएको डिभिजन कार्यालय लाहनका प्रमुख डिएफओ शैलेन्द्र मिश्रले जानकारी दिए। 

गोलबजार र धनगढीक्षेत्रबाट स्थानीयको दवावका कारण बेला बेलामा स्काभेटर र टिफरहरु नियन्त्रणमा लिएपनि माफियाहरुले मिलेमत्तोमा सामान्य जरीवाना तिरेर छुटाउने खेल हुँदै आएको सम्वन्धित वडाका वडाअध्यक्षहरुको गुनासो रहेको छ।

प्रहरी र वन कर्मचारीले गाडी नियन्त्रण लिईहालेपनि जिल्लाका कहलिएका नेताहरुको फोन गएपछि केहीवेरमै प्रकृया पुर्याएर सवारीसाधन छोड्न बाध्य हुनुपर्ने प्रहरी अधिकृतहरु समेत स्वीकार गर्छन्। 

उनले रातको समयमा उत्खनन गरेको समयमा हाम्रो गस्ती टोलिले नियन्त्रणमा लिएको भएपनि वनक्षेत्रमा नपर्ने भएकाले जिल्ला समन्वय समितिलाई जिम्मा दिएको बताए। 

सिरहामा स्थानीय जनप्रतिनिधी, प्रहरी, प्रशासन, र कर्मचारीकै सेटिङ्गमा अवैधरुपमा गिट्टी, बालुवा, ढुङ्गा, ग्राभेल उत्खनन हुने गरेको छ। जिल्लाको कुनै पनि स्थानीय तहमा हालसम्म खानी दर्ता नभएपनि राजनीतिक शक्तिको आड र आर्थिक चलखेलमा अवैध उत्खनन भईरहेको छ। 

जिल्लाको धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका, नरहा गाउँपालिका लगायतका स्थानबाट निर्वाधरुपमा उत्खनन हुने गरेको स्थानीयहरुको भनाई रहेको छ।  

स्थानियहरु दलका नेताहरु, प्रहरी, प्रशासन, कर्मचारी र जनप्रतिनिधीको मिलोमतो नभई ग्राभेल ढुवानी हुनै सक्दैन सबैको मिलोमतो रहेको जिकिर गर्छन्।