सिरहा, ५ मंसिर। सिरहा प्रहरीले १ सय ३ ग्रामभन्दाबढी ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नगरपालिका ७ स्थित माँ भगवनी बेकरी एण्ड स्विट हाउस अगाडीबाट विष्णुपुर गाउँ पालिका ५ लक्ष्मीपुरका ३५ वर्षिय सुरेश कुमार महतोलाई १ सय ३ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित विहिवार अपरान्ह नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले स्विट हाउस अगाडी रोकिएर राखेको प्रदेश ३ –०१–००१ प् ४८६ नम्वरको मोटर साइकलमा सवार महतोलाई शंकालागि चेक गर्दा उनले लाएको पाइन्टको दाहिने खल्दिबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ पोको पारेको प्लाष्टिकसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी बीरेन्द कुमार पासवानले जानकारी दिए।
महतोलाई आजै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।