जनकपुरधाम, ४ पुस। धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ। नुषाको मिथिला बिहारी नगरपालिका २ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोरामा कसेको अवस्थामा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो।

घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको डीएसपी सिंहले बताए।

डीएसपी सिंहका अनुसार बिहीबार अपरान्ह ३ बजेतिर बोराभित्र शव रहेको भन्ने स्थानीयले जानकारी गराएका थिए।