सिरहा, २७ मंसिर। नेपाल बैंक लिमिटेड गोलबजार शाखा ५० वर्ष पछि आफ्नै भवनमा सरेको छ। गोलबजार शाखाको रुपमा २०३३ सालमा स्थापना भएको बैंक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ४ मा नवनिर्मित भवनमा एक समारोह बिच उद्घाटन श्चात आफ्नै भवनमा सरेको हो।
उद्घाटन समारोहका वक्ताहरुले बैंकलाई सवैखालका ऋण सहज र सरल रुपमा प्रवाह गर्न आग्रह गरे। उनीहरुले जसरी आम जनताको सानो सानो बचतले बैंक चलेको छ, त्यसैगरी किसान, मजदुर बर्गका उपभोक्ताले पनि सहज रुपमा ऋण पाउने पर्ने जिकिर गरे।
उनीहरुले बैंकहरु अहिले ठूला उद्योगी व्यवसायीलाईमात्र ऋण लाउने मनस्थितिमा रहेको आरोप लगाउँदै आउँदा दिनहरुमा बैंकले यस्तोखालका आरोपबाट मुक्तहुने काम गर्न आग्रह गरेका थिए।
प्रमुख अतिथीका रुपमा उपस्थित गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दै किसान, मजदुरमैत्रि सेवा प्रवाह गर्न आग्रह गरे।
सोही क्रममा पूर्व नगर प्रमुख देवनाथ साहले भने, ‘बैक स्थापना भएको करिव ५० वर्षको अवधिमा विभिन्न उत्तार चढावका विच यहाँका साना व्यवासायीहरुले बैंकलाई जसरी संरक्षण गरेर राखेको छ; बैंकले पनि यहाँका सवैखालका व्यसायी तथा किसानसँग व्यवहार गर्नु पर्छ।’
उनले गोलबजारमा तत्कालिन अवस्थामा राईस मिल स्थापनासँगै बैंकको पनि शाखा स्थापना भएको स्मरण गर्दै अव बैंकलाई यहाँको व्यवसायको आधारमा सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।
विशिष्ट अतिथीको रुपमा उपस्थित बैंकका प्रमुख कार्यकायरी अधिकृत तिरकराज पाण्डेले यो बैंक नेपाली जनताकै भएको बताए। उनले भने, ‘यो नेपाल सरकारको स्वामित्वमा रहेको, नेपाली जनताले साना साना रुपमा बचत गरेको रकमबाटै चलेको संस्था हो। हामी तपाईं नेपाली जनताकै बैंक हो। तपाईंहरुको सेवामा यसले हरपल काम गरिरहने छ।’
उनले थपे, ‘यो निजी बैंकहरुजस्तो बचत धेरै हुने वित्तिकै कर्जा खोलिहाल्ने, व्याज घटाई हल्ने गर्दैन, यसले निरन्तर रुपमा सवैखालका आफ्ना ग्राहकसँग कारोवार गरिरहन्छ र व्याज पनिमा पनि धेरै उतार चव हुँदैन।’ अहिले पनि नेपाल बैंकको व्याज एक अङ्कभित्रै रहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेले जिकिर गरे।
उनले बैंकको सेवा विस्तारकालागि केही मापदण्डहरु रहेको बताउँदै ती मापदण्डहरुलाई हेरेर सेवा विस्तार गर्न आफ्नो तर्फबाट पहल हुने आश्वासन दिए।
भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनीधि, राजनीतिक दलका नेता, व्यसायी, बुघिजीवि, बैंकको विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो।
गोलबजार शाखाको आफ्नै नयाँ भवन करिव ३ करोड लागतमा निर्मित भएको कार्यकारी निर्देशक पाण्डेले बताए छ।




















