सिरहा, २४ मंसिर। नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज यादव बनैताले केही पार्टीले आफ्नो संगठनको सदस्य रहेको भनेर विज्ञप्ती जारी गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रि प्रेस मञ्च नामक संस्थाले आफ्नो पार्टीको सदस्य रहेको र महासंघको निर्वाचनमा सिरहाका जिल्लाको जिम्मा दिएको भन्ने विज्ञप्ती प्रकाशन गरेको प्रति आप्ती जनाउँदै आफ्नो कुनै राजनीतिक दलको संगठन प्रति संलग्नता नरहेको विज्ञप्ती मार्फत जनाएको हो।
अध्यक्ष बनैताले विज्ञप्तीमा ‘समाजिक सञ्जाल लगगायत विभिन्न भेव पेजहरुमा राष्ट्रिय पे्रस मञ्च लगायत अन्य केही पार्टी संगठनले आफ्नो सदस्य भनेर जोडेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ। उक्त क्रियाकलाप कहि कतैबाट नहोस भनि सचेत गराइन्छ। साथै म मनोज यादव बनैता हालसम्म स्वतन्त्र पत्रकार रहेको जानकारी समेत गराइन्छ।’
यादवले आफू स्वन्तन्त्र रहेको र कुनै दलसँग आवद्ध नरहेको पुनः जानकारी गराउन चाहन्छु।