सिरहा,१७ मंसिर। सिरहा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्ष कैद सजाय सुनाएका एक फरार प्रतिवादी पक्राउ गरेको छ। सिरहा जिल्ला अदालतको फैसला आदेश अनुसार ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कल्याणपुर नगरपालिका ८ का ७३ वर्षिय तुलसी प्रसाद यादव पक्राउ गरेको हो।
प्रहरीले खोतलासको क्रममा यादव लाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला जिल्ला अदालतमा बुझाएको सिरहा प्रहरीका सूचना अधिकारी डीएसपी बीरेन्द्र पासवानले जानकारी दिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।