सिरहा, १६ मंसर। सिरहाको मिर्चैयामा नाला बनाउन खनेको खाल्डोमा जमेको पानीमा तैतिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मिर्चैया नगालिकाले नाला निर्माणको लागि खनेर अलपत्र छोडेको खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा वडा नम्वर ५ का जीवछ महतोकी श्रीमती ३६ वर्षिय रोजीना महतोको शव फेला पेको हो।
स्थानीले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। प्रहरीले महिलाको आवश्यक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मिर्चैया अस्पतालमा राखेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ।
यता स्थानीयले भने नगरपालिकाको लपर्वाहीको कारण घटना भएको आरोप लगाएको छ। उनीहरुले नगरपालिकाले नाला निर्माणको लागि खाल्डो खनेर त्यसै छोड्दा जमेको पानीले दुर्घटना भएको बताए।