सिरहा, १० मंसिर। ‘हामी सवैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ आजबाट ३३ औ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। महिला सशक्तिकरण कार्यमा क्रियाशिल मुक्ति नेपालले महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम गर्दै अभियान सुरवात गरेको हो।
सिरहाको गोलबजारस्थित मुक्ति नेपालको कार्यलयमा आईतबार सञ्चाकर्मीहरुसँग नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म १६ दिने अभियान अन्तर्गत भिविभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका थिए।
सोही क्रममा संस्थाका कार्यकारी निर्देशक श्याम कुमारी साहले आफूहरु ३६५ दिन नै महिला हिंसा विरुद्धको कार्यमा सक्रिय रहेको बताँदै यो १६ दिने अभियानलाई विशेष रुपले लिएको बताए। उनले भने, ‘हामी वर्ष भरी नै महिला हिंसा विरुद्धको अभियानमा लागिरहेका छौं, तर यो विशेष अभियान भएकाले सवैसँग हात्तेमालो गर्दै विशेष रुपमा मनाउन अपिल गर्दर्छु।’
सोही क्रममा उनले यो मुख्य रुपमा सरकारको काम हो। तर, सरकार यसप्रति उदासिन रहेको बताए। उनले भने, ‘यहि अभियान मनाउन पनि मन्त्रालयले सवै स्थानीय तहलाई पत्र पठाएको छ। तर, सिरहाका स्थानीय तहका कलम चल्ने प्रमुख प्रशासकीय अधिकृतहरु कोहि विदामा त कतै नहुँदा यो कार्यक्रम प्रभावित हुने निश्चित छ।’
सञ्चारकर्मीहरुसँग निर्देशक साहले पछिल्ला दिनहरुमा घटना धेरै भएकोजस्तो देखिएपनि यो अधिकारकर्मीहरुको प्रयासले घटनाहरु वाहिर आएको बताए।
उनले यो नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म १६ दिन विश्वभर महिला हिंसा विरुद्ध अभियान सञ्चालन हुने बताए। साहले यसलाई अझ प्रभावकारी वनाउन सवैको साथ सहयोगको आवश्यकता रहेको जनाए।
घोषित कार्यक्रम अनुसार नारीवादी आन्दोलनलाई अभियान र उत्सवका रुपमा मनाउने उद्देश्यले सिरहा जिल्लाको सदरमुकाम सिरहासहित १७ वटै पालिकाहरुमा कार्यक्रम गरिने बताइए।
¥याली, सडक नाटक प्रदर्शन, अन्तरक्रिया कार्यक्रम, बाल विवाह विरुद्ध अभिमुखिकरण र प्रतिवद्धता पत्रमा हस्ताक्षर, लागू औषध दुव्र्यसन र महिला हिंसाबारे सचेतीकरण, हानिकारक परम्परागत अभ्यास विरुद्ध सचेतना, जिल्ला स्तरीय युवा भेला, महिला मानव अधिकार रक्षकको भूमिका बारे अन्तरक्रिया र अन्तरपुस्ता कथा आदान प्रदान कार्यक्रम आयोजनागर्ने बताइएको छ।
सन् १९६० मा डोमेनिकल गणतन्त्रमा महिला हक अधिकारको लागि आवाज बुलन्द गर्ने तीन दिदी बहिनीलाई हत्या गरिएको दिनको सम्झनामा महिला हिंसा विरुद्ध अन्तर्राष्ट्रिय रुपमा यो अभियान सञ्चालन गरिन्छ।
कार्यक्रम संस्थाकी अध्यक्ष देवकुमारी महराको अध्यक्षतामा सम्पन्न भएको थियो।