रौतहट, २० असोज। नेपाली कांग्रेस यमुनामाई गाउँ कार्य समितिले वडा कार्यालय साबिक गाविस भवनमा सार्नुपर्ने माग गर्दै गाउँपालिका कार्यालयमामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठाका अध्यक्ष अश्वनीकुमार यादव (चेतन)ले आफ्नै घरगोठबाट विगत ७ वर्षदेखि वडा कार्यालय सञ्चालन गर्दै आएकोमा सेवाग्राही मर्कामा परेको भन्दै कार्यालय सार्नुपर्नेमाँग राख्दै पार्टीले अनिश्चित कालिन तालावन्दि गरेका हुन्।

वडाध्यक्ष यादवले आफ्नो दोस्रो कार्यकाल निर्वाचित तत्पश्चात् प्रमुख जिल्ला अधिकारीलाई गुहारे,  रिले अनसन गरेको ११ औँ दिनमा आज आइतबार बाध्यभएर तालाबन्दी लगाउनु परेको गाउँपालिका कमिटी अध्यक्ष सिताराम यादवले बताए। 

नेकाका गाउँपालिका अध्यक्ष प्रत्याशी श्रीराम राय यादवले सेवाग्राहीहरू विभिन्न कार्यको लागि सिफारिस गराउन जाँदा वडाध्यक्ष यादवको धाकधम्की र राम्रो व्यवहार नगर्दा साबिक गाविसको कार्यालयमा वडा कार्यालय सार्नुपर्ने अडान लिएर २४ घण्टे रिले अनसन  गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आज गाउँपालिकाको मुख्य गेटमै ताला लगाएर कामकाज अवरुद्ध बनाइएको बताए।