सप्तरी, १९ असोज।  सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर ३ को कार्यालय भवन उद्घाटन गरिएको छ। लामो समयदेखि भाडाको घरमा संचालन भईरहेको यस वडाको नवनिर्मित भवन शुक्रवार एक कार्यक्रमबिच बलान बिहुल गाउँपालिका ३ मौवाहामा उद्घाटन गरिएको हो। 

राष्ट्रिय योजना आयोगको ४० लाख र बलान विहुल गाउँपालिकाको २६ लाख गरि कुल ६६ लाखको लगानीमा वडा कार्यालय निर्माण सम्पन्न भई उद्घाटन भएसंगै कार्यालय संचालनमा आएको छ।  

बलान बिहुल गाउँपालिका ३ का वडा अध्यक्ष राजकिशोर यादब (बब्लु) को अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। 

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपप्रमुख रेणु यादब, त्यसैगरी अतिथिको रुपमा वडा नम्वर १ का वडा अध्यक्ष राम कुमार यादब, कार्यपालिका सदस्यहरु संतोष कुमार साह, संजिव शर्मा, वडा सदस्यहरु अमला देवि यादब, राम बचन मण्डल, राजलाल साह, सशस्त्र प्रहरी निरिक्षक सनत कुमार राई, नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक संजय झा, नगर प्रहरी प्रमुख पशुपति यादब, असई संतोष कुमार यादव, सवईन्जिनियर दिनेश कुमार यादब, जसपाका नेता हरी राम, युवा नेता घनश्याम मण्डल लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रमको संचालन वडा कार्यालयका कर्मचारी धिरज झाले गरेको थियो।