काठमाडौं, १२ असोज। काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २३ पुगेको हो। 

जसअनुसार काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ। यस्तै पाँच जना बेपत्ता रहेका छन्।

देशको राजधानीमै सुरक्षा निकायले राहत र उद्धारमा कठिनाई बेहोरेको देखिएको छ। कतिपय ठाउमा समयमा उद्धार गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।