सिरहा, ११ कात्तिक। नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले कृषि आधुनिकीकरणमा महासंघ स्थानीय सरकारसँग सहकार्यगरेर काम गर्न तयार रहेको बताएका छ। गोलबजार उद्योग ब्यापार संघको सातौ साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्वोधनगर्दै यसक्षेत्रमा उत्पादित आँप र तरकारीको बजारीकरण तथा व्यवस्थापनमा महासंघ कामगर्न तत्पर रहेको बताएका हुन्।
सिरहाको आँप देशमै नामी रहेको बताउँदै उपाध्यक्ष बैद्यले ‘आँपको ब्राण्डिङ र व्यवस्थापन’मा निजीक्षेत्र लगानीगर्न तत्पर रहेको बताए। उनले भने, ‘सिरहाको आँप राम्रो छ भन्ने देश भरी नै चर्चा छ। यसको बजार विस्तार र स्टोर गर्न सके किसानलाई ठूलो राहत हुन्छ। यस कार्यमा स्थानीय सरकारसँग सहकार्य गरेर महासंघ काम गर्न तत्पर छ।’
उनले यहाँ उत्पादनहुने तरकारी दिनभरी बजारमा हुन्छ, नविको तरकारी सितभण्डारमा राखेर भोलि पल्ट पुनः बजारमा लैजाने सकिने अवस्था अझै छैन, यसका स्थानीय सरकारको पहलकदमी आवश्यक रहेको बताए। उनले भने, ‘किसानको उत्पादन सुरक्षित राख्ने कचिस्यानकेन्द्र बनान स्थानीय सरकारले तत्परता देखाए हामी प्राविधिक सपोर्ट गर्न तयार छा।’
प्रतिनिधीसभासदस्य सम्भु यादव, गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाँईले अधिवेशन सफलताको कामना व्यक्त गर्दै देश विकासको ‘मेन इन्जन’ नै निजीक्षेत्र रहेको बताए। उनीहरुले निजी क्षेत्रको सक्रियताविना देशको तर्थतन्त्र हुन नसक्ने बताउँदै यसक्षेत्रलाई व्यवस्थित र संगठित बनाउन पनि आवश्यक रहेको बताए।
सोही क्रममा मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साहले व्यवसायीहरुले पनि संविधान पालना गर्नु पर्नेमा जोड दिए। उनले व्यवसायीको संगठनहरुमा पनि संविधानले परिकल्पना गरेको कम्तीमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने बताए। उनले गोलबजारको वाणिज्य संघमा महिलाको न्यून उपस्थितिप्रति चिन्ता जनाउँदै आउँदादिनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागीता पुर्याउन अनुरोध गरे।
अधिवेशनको उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ओमविक्रम कटुवाल, गोलबजार नगरपालिका ३ का वडाअध्यक्ष धनप्रसाधद लामा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष भरत महासेठलायतका कब्ताहरुले अधिवेशन सफलताको कामना गरेका थिए।






















