बिशाल बस्नेत

बर्दिवास, १७ भदौ। बर्दिवास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संसोधित विधान र साधारणसभालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले खारेज गरिदिएको छ। संस्थाको विधान २०५७ को दोश्रो संशोधन २०६३ को दफा ६ अनुसार गरिएको भनिएको साधारणसभा र दफा ११ वम्मोजिम संशोधन गरिएको भनिएको विधानलाई नियमसंगत नभएको भन्दै खारेज गरिदिएको हो।

बिशेष साधारणसभाको नाममा २७ चैत्र २०८० मा गरिएको निर्णयसहित सवै विषयहरु खारेज गरेको जानकारी गराउदै प्रशासन कार्यालयले दोश्रो संशोधन विधान २०६३ अनुसार कामकारवाही गर्न पत्राचार गरेको छ।

विधान संसोधन गरेर यसअघि गरिएका कामहरु समेत अवैधानिक देखिएका छन। जिल्ला प्रशासन कार्यालयको निर्णयले अदालतको वाटो खुल्ला भएको र यही आधार लिएर मुद्दा प्रक्रियामा समेत जाने निर्वाचित कोषाध्यक्ष भोज प्रसाद फुयालले वताए।

संसोधित विधानमा कोषाध्यक्षको हस्ताक्षरलाई अनिवार्यवाट हटाएर निर्वाचित सदस्यको समेत हस्ताक्षर गर्न मिल्ने व्यवस्था गरिएको थियो।

ु२०५७ को दोशो संशोधन २०६३ नै जिल्ला प्रशासन कार्यालयले वैधानिक ठहर गरेपछि वलमिच्याई ढंगले गरेको संशोधन गरिएको विधान २०८० लाई टेकेर गरिएका अहिलेसम्मका सवै कामकारवाही अवैधानिक नै देखिएको छ; निर्वाचित सचिव उदय भण्डारीले भने, ‘अव उपभोक्ताहरु त्याँहाभित्र भएका बेथितिहरुको बिषयमा जागरुक हुनुपर्छ।’

MOUNT COLEge