सिरहा, ७ भदौ। पूर्वपश्चिम हुलाकी सडक अन्तरगत कमला पुलमा नयाँ निर्माणकोमाँग सहित जनकपुरधामस्थित मूख्य मन्त्री कार्यालय अगाडी आमरण अनशन बसिरहेका अभियानीहरुको समर्थनमा आज सिरहा बजार बन्द गरेका छन्। निर्माणधिन अवस्थमै भक्तिएको पुल काम नलाग्नेभन्दै नयाँ पुल निर्माणको माँगसहित कमला पुल निर्माण संघर्ष समितिको आव्हानमा आमरण अनसशन बसेका अनसनकारीहरुको समर्थनमा स्थानीयले स्वस्फूर्तरुपमा टायर बालेर यातायात, बजार तथा शैक्षिकसंस्थाहरु बन्द गराएको हो।

अभियानीहरु आमरण अनसन बसेपनि सरोकारबाला निकायले वेवास्ता गरेको भन्दै सिरहा सदरमुकामका स्थानीय बुद्धिजीवि, युवा, व्यवसायीहरुले बजार बन्द गराएको पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य देवकुमार यादवले जानकारी दिए।

उनका अनुसार सरमुकामका सम्पूर्ण बजार, व्यसाय तथा शिक्षणसंस्थाहरु बन्द गराएका छन्। आक्रोशित युवाहरुले सरकारी कार्यालयहरु समेत बन्द गराउन थालेका छन्।

हुलाकी राजमार्ग कमला पुल संघर्ष समिति सिरहा–धनुषाका संयोजक ईन्जिनियर प्रविण यादव, सिरहा नगरपालिका ४ र ६ का वडाध्यक्षद्वय समसाद आलम, ईन्द्रजित यादव, औरही गाउँपालिका ३ र ४ का वडाध्यक्षद्वय जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका ८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिष कुमार यादव, समाजसेवी युवा शैलेश यादव र शिवशंकर यादव आमरन अनसनमा बसेका छन्।

हुलाकी राजमार्गमा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको माग राख्दै ०८१ साउन २७ मा सिरहाबाट सैकडौं व्यक्तिहरुको सहभागीतामा मोटरसाइकल ¥याली सहित बुझाइएको ज्ञापन पत्रमा उल्लेखित सामयसिमाभित्र मधेश प्रदेश सरकारको कुनै आधिकारिक धारणा नआएपछि बाध्य भएर गत ४ गतेबाट अनसनमा बस्नु परेको संयोजक यादवले बताए।

अनसनको समय लम्बिदै गएपछि अनसनकारीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ। अधिकांश अनसनकारीको सलाईन लगाएका छन्। सिरहा नगरपालिका १७ पटेर्वा निवासी डा.कृष्ण कुमार यादवको पहलमा आएका स्वास्थ्कर्मीको टोलीले अनसनकारीको स्वास्थ्य अवस्थाको निगरानी थालेका छन्।

संघर्ष समितिले यो अव वारपारको लडाई भईसकेको बताउँदै आएको छ। उनीहरुले अव झुठो र आश्वासनबाट मात्र चल्ने बालाछैन लिखित योजना पछिमात्र हामी यहाँबाट फर्कन्छौं भन्दै आएको छ।

SHREEJANA