सिरहा, २८ साउन। सिरहाको धनगढीमाई नगरपालिकाका वडा अध्यक्षहरुले नगरसभाको मिति तत्काल तोक्नुपर्ने तीनबुदे माँगसहित २४ घण्टे अल्टीमेटम दिएको छ। पालिकाका १२ जना वडा अध्यक्षहरुले सेवा प्रवाह र दैनिक पप्रशासन चुस्त–दुरुस्त बनाउन छुट्टै अनुगमन समिति, नगरपालिमा देखिएका समस्याहरु सभाकान गर्न यथासिघ्र कार्यपालिकाको बैठक आव्हान गर्नुपर्ने र नगरसभाको मिति यथासिघ्र तय गर्नु पर्ने माँग राख्दै प्रेश विज्ञप्तीमार्फत २४ घण्टे अल्टीमेटन दिएका हुन्।

वडा अध्यक्षहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा ‘माँगहरु यथासिघ्र पुरा नर्ग साउन २९ गते ४ बजेसम्म सम्वोधन नभए हामी बेथिती, गैरजिम्मेवार र गैरजबाफदेहिता विरुद्ध कडा कदम चाल्न बाध्यहुने ब्यहोरा जानकारी गराउँदछौं; भन्ने उल्लेख गरिएको छ।

नगरापलिकाका दैनिक प्रशाशनिक कार्य, सेवा प्रवाह लथालिङ्ग भईरहेकोमा छिटो–छरितो बनाउन, विकाशका योजनाहरु सञ्चालन गर्न, स्थानीयतहले गर्नेपर्ने संबैधानिक व्यवस्था नगरसभा राख्न नगरपालिकाका प्रमुखलाई पटक–पटक मौखिक अनुरोध गर्दा पनि कुनै पहल र चासो नदेखिएकोभन्दै आफूहरुले वैकल्पिक बाटो अपनाउनु परेको जारी विज्ञप्तीमा उल्लेख गरेको छ।

‘यो गैर जिम्मेवारी पन, गैरजवाफदेही पनबाट नगरपालिकाको सुशासन, सेवा प्रवाह र विकास कार्य प्रभावित हुने देखिएकोले तपशिलका माँगहरु तत्काल पुरा हुनुपर्छ।’ विज्ञप्तमा उल्लेख छ।
जनप्रतिनिधीविचको विवादका कारण नगरपालिकाको नगरसभा अझै सम्पन्न भएको छैन।

जम्मा १४ वडा रहेको यस पालिकाका १२ जना वडाअध्यक्षहरुले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन्।

मेयर र प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा उपस्थित नहुँदा कार्यालयबाट हुने सेवा प्रभा प्रभावित हुने गरेको सेवाग्राहिहरुको गुनासो रहँदै आएको छ।

92ffbb41-79be-462b-9895-0e1ea1971a91

maunt - Copy