सुनसरी, २३ असार। पानीको वहाव उच्च भएपछि सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको हो।
सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ। बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो। लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो। सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ।
सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो।






















