सिरहा, २२ असार। सिरहाको गोलबजारमा विद्युतिय करेन्ट लागेर एक जेष्ठ नागरिकको मृत्यु भएको छ। गोलबजार नगरपालिका ५ निपनियाँका करिव ७० वर्षिय कपिलदेव साहको आफ्नै घरको पानी तान्ने मोटमा करेन्ट लाग्दा आज अपरान्ह मृत्यु भएको हो।
उनकी बुहारी पानि लिन गएका बेला मोटर नजीकै करेन्ट लागर वोहोस भएको अवस्थामा देखेपछि तत्काल गोलबजार ४ स्थित वर्धमान अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
विहानै देखि विद्युत नभएको सिधै पानी तान्ने कल चलाउनजाँदा करेन्ट लागेको हुन सक्ने पारिवारीक स्रोतले जनाएको छ। उनका अनुसार ‘पानी तान्ने मोटर जलेर कलसम्म करेन्ट प्रवाह भएको रहेछ, विद्युत छैन भन्नेलागेर सिधै कल छुँदा करेन्ट लागेको हुन सक्छ।’
शव पोष्टमार्टमको लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ।