लहान, २२ असार। सिरहाको लहानस्थित लहान प्राविधिक शिक्षालयले यस शैक्षिकशत्रबाट डिप्लोमा ईन फार्मेसी कार्यक्रम सञ्चलनमा ल्याएको छ। यस अघि डिप्लोमा तर्फ विभिन्न पाँच र प्रि–डिप्लोमा तर्फ पाँचवटा कार्यक्रम सञ्चालनगगर्दै आएको शिक्षालयले यस वर्षबाट डिप्लोमा ईन फार्मेसी कार्यक्रम थप गरेको हो।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिसद्(सीटीईभीटी) अन्तर्गतको आङ्गीक शिक्षाय लहानले डिप्लोमा तर्फ सिभिल इन्जिनियरिङ्ग, कृषि तर्फ बाली विज्ञान, पशु विज्ञान र मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन रहेपनि यस वर्षबाट डिप्लोमा तर्फ मार्फेसी कार्यक्रम थप भएको शिक्षालय प्रमुख राम नारायण चौधरीले जानकारी दिए।
प्रि–डिम्लोमा तर्फ लाईभस्टक प्रकक्सन÷एनिमल हेल्थ, प्लान्ट साइन्स, मेकानिकल इन्जिनियरिङ्ग, सिभिल इन्जिनियरिङ्ग र सर्भे इन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन हुँदै आईरहेको छ।