बिशाल बस्नेत

महोत्तरी, २१ असार। महोत्तरीको गौशाला नगरपालिकामा ११ बर्षीय वालिका ७ दिनदेखि वेपत्ता भएकी छन्।

गत विहिवार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो वेपत्ता भएकी हुन्।

वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा वस्ने १९ बर्षीय आकाश कुशवाहा एकैदिन वेपत्ता भएपछी वालिकाको परिवारले कुशवाहाले नै  वेपत्ता वनाएको हुन सक्ने आशंका  गरेका छन्।

यसैको आधारमा कुशवाहामाथी वेपत्ता वालिकाको परिवारले किटानी जाहेरी समेत दिएका छन्। 'आफन्त र केही सुराकीको आधारमा छोरीलाई  कुशवाहाले लिएर गएको थाहा पाएका छौ।' कृतिकाका वुवा संजय कुमार महतोले भने ।'उमेर नै नपुगेकी ११ बर्षीय छोरीलाई अपहरण शैलीमा भागाएपछी अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारवाहीको माग गरेका हौ।'

वालिका काँहा छिन भन्ने बिषयमा मोबाइल फोन समेत प्रहरीले  ट्रयाकिङ्ग गरेको छ। ट्रयाकिङ्गको आधारमा ठाँउ पहिचान गर्दा वालिका आशंका गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको वेपत्ता वालिकाका परिवारजनले वताए।

'हामी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौ त्याँहा कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पांयौ ' वेपत्ता वालिकाका मामा देवनारायण महतोले भने । 'त्यसपछि उनीहरुले हामि खोजीरहेको थाहा पाएपछि कुशवाहाको हजुरवुवा प्रभु महतोको घरमा पुर्र्याएकोसम्म थाहा पाएका थियौ तर अहिले हाम्री भान्जी काँहा छिन भन्ने केही थाहा छैन।'

प्रहरीलाई जाहेरी दिएको ५ दिन वितिसक्दा पनि खोजविनमा सुस्तता देखिएको भन्दै आफन्तहरुले गुनासो गरेका छन्। यता प्रहरीले भने खोजविन प्रक्रियालाई तीव्रता दिएको र यस्को लागि संयन्त्रहरु समेत प्रयोग गरिरहेको दावी गरेको छ।

ईलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सुर्य वहादुर राणाले मोबाइल फोन ट्र्याकिङ्ग गरेर थप खोजी भईरहेको वताए । उन्ले भने। 'हामी लागीरहेका छौ, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरु थुप्रै रहेछन हामीले घर-घरमा पुगेर समेत खोजी कार्यलाई तीव्र वनाएका छौ।'

यता वालिका वेपत्ताको बिषयलाई लिएर मानवअधिकारवादीहरुले समेत ध्यानाकर्षण जनाएका छन्। मानवअधिकारवादी संवद्व संस्था मधेश प्रदेश प्रमुख मंजु खतिवडाले वालिका वेपत्तालाई लिएर आफुहरुको ध्यानाकर्षण भएको वताएकी छन। 'उमेर नपुगेकी वालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अव अपहरण मुद्दामा वालिकाका आफन्त अगाडी बढनुपर्छ।'

वेपत्ता भान्जीको बिषयमा माइती नेपाललाई समेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए।

न्युज कारखाना 

ce98102b-e610-4d4b-8213-c9339db12720