जनकपुरधाम, २० असार। धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिका ५ बअुहर्वाको सार्वजनिक पोखरीमा डुबेर करिव १० वर्ष हाराहारीका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन मृत्यु भएको हो।

पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि सहिवार अपरान्ह स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजानै क्रममा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिए।

उनीहरुको नुहाउने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन्।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

lang laife