सिरहा, १९ असार। गोलबजार ७ स्थित श्री अधारभुत बिद्यालय कदिमाटोलमा अध्ययनरत छात्र–छात्राहरुलाई वडा कार्यालयले निःशुल्क पोशाक वितरण गरेको छ। विद्यालयमा अध्ययनरत यहाँ एक सय १० जना छात्र छात्रालाई वडा अध्यक्ष हरिशरण ठाकुरले निःशुल्क पोशाक वितरण गरेको हो।
पोशाक वितरण कार्यक्रममा अध्यक्ष हरिशरण ठाकुरले हुनेखाने घर परिवारका बिद्यार्थीहरु निजी बिद्यालयमा पढ्ने र दलित, गरिव तथा आर्थिक रुपले कम्जोर घरका विद्यार्थीहरु मात्र सामुदायिक बिद्यालयहरुमा पढ्ने गरेकाले उनीहरुलाई सहयोग आवश्यक रहेको बताए।
अध्यक्ष ठाकुरले भने, ‘सामुदायिक बिद्यालय प्रती विद्यार्थी र अभिभावक कसरी आकर्षित हुन्छ यस विषयलाई मध्येय नजर गर्दै वडामा रहेको सामुदायिक बिद्यालयका छात्र छात्रालाई पोशाक हस्तान्तरण गरिएको हो।’
उनले पढाइलाई पनि गुणस्तरीय बनाउँदै शिक्षामा विकास गर्न शिक्षकरुलाई अनुरोध गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने वताए। उनले भने, ‘सामुदायिक बिद्यालय कसरी नमुना बन्छ भन्ने चाहनाका साथ शिक्षकहरु लाग्नुहोस्। शिक्षा विकासमा गर्नु पर्ने सहयोगमा म कहिल्यै पछि हट्दिन।’
विद्यार्थीले शुक्रबार र मङलबार ट्रयाक र टीसर्ट लगाएर आउने उदश्यले वितरण गरेको बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामदुलार यादबले बताए।