बारा, १६ असार। बारा प्रहरीले सिम्रौनगढबाट दुईक्विन्टलन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। सिम्रौनगढ नगरपालिका ५ ठुलो ईट्टवालबाट अवैध लागूऔषध गाँजा २ सय १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका ८ का २२ वर्षीय सुजन अधिकारी र धादिङ ज्वालामुखी गाउँपालिका १ का २३ वर्षीय रमेश नेपाली रहेका छन्।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले स्थानीय मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
साथै प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ। प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ।