सिरहा, १५ असार। सिरहाका विषादी व्यवसायीहरुले कृषि विषादीमा भएको कर बृदी फिर्ताको माँग गर्दै उनिहरुले बिरोध प्रदर्शन गरेका छन्। जिल्लाको गोलबजारमा विषादी व्यवसायी संघले कर बृदी फिर्ताको माँग गर्दै आज विहान बिरोध प्रदशन गरेका हुन्।
गोलबजारको मुख्य चौकमा व्यसायीहरुले कृषि प्रधान देशको मूल्य मान्यता कायम गर, किसानमाथी अत्याचार गर्न पाइदैन, किसानलाई किसान हुनुमा गर्भ गर्ने वातावरण सृजना गर, कृषि मन्त्री मुर्दावाद, कृषि माथी लगाएको करबृदी फिर्ता गरजस्ता नारा लगाउदै उनिहरुले प्रदशन गरेका थिए।
विषादी व्यवसायीहरुले हाम्रो देश कृषि प्रधान देश हो, तर सरकारले किसान मर्कामा पर्नेगरी कृषि विषादी १३ देखि ३५ प्रतिशत सम्म कर लगाएको छ।
सरकारले तत्काल कर फिर्ता गर्नु पर्छ भन्ने माँग राखे। व्यसायीहरुले तत्काल कर फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए।
प्रदेर्शनका क्रममा पुर्वपश्चिम राजमार्ग केही बेर अवरुद्ध भएको थियो।