सिरहा, १३ असार। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र गोलबजारस्थित वर्धमान होस्पिटको प्राविधिक सहयोगमा संचालित निःशुल्क पाठेघर शल्यक्रिया कार्यक्रम अन्तिम समयमा स्थगित गर्न मौखिक जानकारी आएको छ।

निर्देशनालयको मौखिक जानकारी अनुसार जिल्ला स्वास्थ्य कार्यालय सिरहाले मौखिक रुपमा निःशुल्क पाठेघर शल्यक्रिया कार्यक्रम स्थगित गर्न अस्पताललाई जानकारी गराएको हो।

अस्पताल प्रशासनका अनुसार एक साता पहिलादेखि विभिन्न माध्यमबाट प्रचार प्रशार, जिल्लाका सवै पालिकाका स्वास्थ्य शाखामार्फत विरामीको स्क्रिनिङ गरेर शल्यक्रियाको पहिलो दिन यहि ११ गते मंगलबारको दिन विरामीहरु आईसकेपछि स्थगितको लागि मौखिक सूचना आएको अस्पताल प्रशासनले बताए।

अस्पतालले स्थगितको मौखिक सूचना आएको हो। तर, ‘हामी यहाँ आईपुगेका विरामीको शल्यक्रिया गराएर पठाउँछौं।’

सूचना आउँदासम्म पहिलो दिन नै १२–१५ जना विरामीहरु अस्पताल आईपुगेका थिए। अस्पताल आईसकेकामध्ये दुई दिनको अवधिमा २० जनाको शल्यकृया गरिसकेको छ।

नयाँ सरकार गठनभन्दा पहिला नै योजना बनेकाले वर्तनमा सरकारका विभागीय मन्त्रालयको दवावमा कार्यक्रम स्थिगित गर्ने दवाव आएको स्रोतको दावी छ। स्रोतका अनुसार मन्त्रालयको दवावमा परेर निर्देशनालयले प्रदेशको सवै जिल्लामा तालिका अनुसार कार्यक्रम सम्पन्न भईसकेको अवस्थामा सिरहामा अन्तिम चरणमा आएर स्थगित गर्ने दवाव आएको हो।

विरामीको अप्रेशन स्त्रि तथा प्रशुतिरोग विशेषज्ञद्वय डा.तेजशंकर यादव र डा.शारीका गोइतको टिमले गर्दै आएको छ।

स्थगित हुनुको कारणबारे जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवसँग जान्न चाहँदा उनले माथिको मौखिक आदेश भएकोले मैले जानकारी गराएको हुँ, बाँकी मसँगपनि कुनै आधिकारी पत्र आईनपुगेको बताए।

विरामीहरु अस्पताल आईसकेपछि शल्यकृया स्थगित गर्न अस्पताललाई मौकिख जानकारी आएको रहेछ यो खास के हो? भनी प्रतिक्रिया जान्न चाँहादा तत्काललाई प्रकाविधिक कारणले स्थगित भएको हो। हामी पछि सिरहामै गर्छौं भने।

पछि पुनः हुने नै भए सारा तयारी पुगेको र अस्पतालमा विरामी आउन थालेपछि किन रोक्नु पर्यो? भन्दा उनले अहिलेलाई प्राविधिक कारण हो भन्ने बुझ्नुस भन्दै फोन काटे।

सुत्केरी हुने भएको केही दिनपछि नै भारी बोक्ने जस्ता शारीरिक श्रमको काम गर्दा प्रायः ३५ वर्षमाथिमा महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ। नेपालमा सरदर ६०–६५ प्रतिशत महिला यो रोगबाट पीडित रहेका छन्।

449172422_7727448430715867_4920141070132764342_n