सिरहा, ६ असार। पत्रकारिता मार्फत राज्यद्वारा पछाडी पारीएका समुदायको अधिकार प्राप्तिको लािग भूमिका निर्वाहगर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन्। राष्ट्रिय दलित पत्रकार संघ, नेपालको दोस्रो सिरहा जिल्ला अधिवेशनलाई सम्वोधन गर्ने क्रममा बक्ताहरुले आफ्नै समुदायको विषयमा कलम चलाउन आग्रह गरेका हुन्।

संघका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी भोला पासवानले पत्रकारीता आफैमा गहन विषय भएको बताउँदै गहिरिएर समाजको अध्ययन गरी तथ्य परक ढङ्गले विषय उठान गर्नेगरी समाचार लेख्न सके यसले नाम र दाम दुवै दिने बताए। उनले आज पनि पत्रकारीतामा नाम र दाम दुवै रहेको बताउँदै त्यसको लागि अध्यन, अनुसन्धान र उचित प्रस्तुतिकरणको आवश्यक्ता रहेको औंल्याए।

उनले हरेक विषयमा समाचार लेखेपनि आफ्नो समुदायका सवालहरुलाई विशेष जोड दिनु पर्ने बताए। उनले भने, ‘आज पनि सञ्चारमाध्यममा दलितका सवालहरुले उचित स्थान पाउन नसकेको छैन। अव हामी आफैले आफ्नो विषयमा कलम चलाउन आवश्यक छ।’

सोही क्रममा पत्रकार तथा अभियानकर्मी अर्जुन थपलियाले अन्य पत्रकारले दलितका सवाल कति उठान गर्छ थाहा छैन तर, दलित पत्रकाहरुले भने आफ्नो समूदायको सवालमा डटेर कलम चलाउनु पर्नेमा जोड दिए। उनले अन्य पत्रकारहरुले जस्तै बजारु विषयमा मात्र अलमलिने हो भने यो संघको काम नभको बताए।

सोही क्रममा उनले दलित शब्दको अर्थ, राज्यले दलित समुदायलाई अहिलेसम्म गरेको व्यवहार र राज्यमा पहुँचवृद्धि गर्न आफैले संघर्ष गर्नु पर्नेमा जोड दिए।

प्रेश मञ्चका प्रदेश अध्यक्ष अभरेन्द्र यादव, सोनु मिश्रा, रामनारायण पण्डित लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्ति गरेका थिए।

अधिवेशनमा पाँच पत्रकार सम्मानित

448736452_7692075124209247_4153320729474052435_n

सोही जिल्लामा लामो समय देखि पत्रकारिकता गर्दै आएका पाँच पत्रकारहरु सम्मानित भएका छन्। सो अवसरमा वरिष्ठ पत्रकार तथा दावानल डटकम अनलाइनका कार्यकारी सम्पादक अर्जुन कुमार थपलिया, गमक पोष्ट अनलाइनका कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा (आशिष), फरिच नेपालका प्रकाशक÷सम्पादक अभरेन्द्र यादव, पत्रकार सोनु मिश्रा, रामनारायण ठाकुर, नरेशचन्द्र वरबरियालाई गम्छा ओढाएर सम्मान गरेक थिए।

आजै सम्पन्न अधिवेशनले सरोज कुमार पासवानको अध्यक्षतामा नौ सदसिय जिल्ला कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सोनु महरा, सचिव सञ्जय विश्वकर्मा, कोषाध्यक्षमा सम्रिका कुमारी दास सर्वसम्मतले चयन गरेको छ।

त्यसैगरी सहसचिवमा प्रतिमा राम र सदस्यहरुमा कासिन्द्र दास, प्रियङ्का पासवान, अरविन पासवा, सिकिन्द्र पासवान सर्वसम्मत चयन भएको छ।

आजैको अधिवेशनले केन्द्रिय र प्रदेश प्रतिनिधीहरुको नाम सिफारिस गरेको छ।