सिराहा, ४ असार। सँगै कामगर्ने साथीको हत्या अभियोगमा सिरहा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। भारतको पञ्जावमा काम गर्न गएका धनगढीमाई नगरपालिका १२ ठठियाका ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सँगैकामगर्ने साथीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

हत्या अभियोगमा नरहा गाउँपालिका १ गौराहाका २० वर्षीय आनन्द सदाय, २३ वर्षिय संजय सदाय र १९ वर्षिय रोहित कुमार सदायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।

उनका अनुसार रक्सिले मातेर आएका यादवले साथीहरुसँग झगडा गर्न लागेपछि छुट्याउन खोज्नेहरुमाथिसमेत जाईलागेपछि आवेगमा काठको चिर्पटले हान्दा घाइते भएका थिए। भाइते यादवको उपचारको क्रममा भारतमै मृत्यु भएको प्रहरीको भनाई छ।

उनीहरु काम गर्ने उद्योगकै सहयोगमा आरोपति तीनैजना तीनजनासहितले सोमबार यादवको शव सिरहा ल्याई पुर्याइएको प्रहरको भनाई छ। शव पोष्टमार्टम गरी परीवारको जिम्मा लगाएको प्रहरीको भनाई छ।

पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला अदालत सिरहामा कतव्य ज्यान मुद्दामा म्याद थपगरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।