सिरहा, २ असार। सिरहाको बरियारपट्टीमा आज अपरान्ह एक अपरिचित महिलाको शव फेला परेको छ। धारीलो हतियारले घारी रेटेर हत्या गरी फालिएको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ शिवरनरस्थित निर्भय यादवको सिसौ तथा मसलाको घारीमा अपरिचित महिलाको शव फेला परेको हो।
घारीमा शव रहेको भन्ने खवर पाउनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट इन्सपेक्टर दिपक कुमार सिंहले आफ्नै कमाण्डमा गएकोे अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाए। उनले घटनास्थलको प्रकृति हेर्दा कर्तव्य गरी मारेको हुन सक्ने जानकारी दिए। उनका अनुसार धारीले हतियारले घाँटी रेरेर मारेको हो।
घटनास्थल पुगेका प्रहरीले घटनास्थलको प्रकृति मुचुल्कासहितको प्रक्रिया पुरागरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालको शव गृहमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले पहिचानमा सहयोग पुग्ने गरी हुलिया सार्वजनिक गरेको छ। शवको हुलिया गहुगोरो वणीकी, अन्दाजी २०/२५ वर्षको जस्तो देखिने, वजन करिव ३५ केजी, उचाई पाँच फिट र पहेलो रंगका कुर्ता सुरुवाल, खरानी रंगको सल, गुलावी रंगको
म्याजिक ब्राण्डको ४ नम्वर साइजको चप्पल, दायाँ हातको औंलामा सी प्लस एस लेखिएको औठी लगाएको तथा बायाँ तर्फको पेट देखि तिघ्रासम्म पुरानो जलेको खाटा रहेको उल्लेख गरेको छ।


 
                     
                            
                                                            


 
         
         
        

















