सिरहा, १ असार। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पुर्वतिर आउदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरित दिशाबाट आईहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार दुइजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षिय राजेश्वर यादब र १४ वर्षिय लालबाबु यादब रहेका जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी रमेश पडिण्तले जानकरी दिए। दुर्घटनामा परि ज्यान गुमाएका परिवार र आक्रोसित स्थानीयले पुर्वपश्चिम राजमार्ग केहिबेर चक्काजाम गरेका थिए।
मृत्यु भएका दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ। ट्रक र चालक प्रहरिको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।