सिरहा, १ असार। सिरहामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने, तीन जाना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भिर रहेको छ। आफैले चलाएको मोटरसाइकल अत्यधिक गतिकाकारण दुर्घटनाहुँदा नरहा गाउँपालिका १ देविपुरका करिव २५ वर्षिय सीताराम दासको उपचारको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ नयाँ चोहर्वादेखि पश्चिम अत्यधिक गतिमा चारजना सवार मोटरसाइकल आफै दुर्घटनामा परेको प्रत्यकदर्शिको हवालादिंदै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाकुले जानकारी दिए।

उनका अनुसार दुर्घटना लगतै प्रहरीको सहयोगमा दुई जना घाइतेहरुलाई गोलबजारस्थित लाईफलङ्ग अस्पताल र दुई जनालाई भूमिजा अस्पताल पुर्याएका थिए।

मृतक दासको टाउकोमा गम्भिर चोट लागेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

लाईफलङ्ग अस्पतालमा उपचाररत मध्ये दासको उपचारको क्रममा आज शनिवार विहान मृत्यु भएको हो। अर्का गम्भिर घाईते मिर्चैया नपा २ का बाबुलाल मण्डलललाई थप उपचारको लागि विराटनगर पठाइएको छ। अन्य दुईजनाको भूमिजामा उपचार भईरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।