जनकपुरधाम, ३० जेठ। जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेकको पदका लागि निर्वाचन हुँदैछ। चुनावी प्रतिस्पर्धाका लागि तयार भएका उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ।

निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। एक सहअध्यक्ष पदको लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दिएका छन्।

यस्तै, ५ जना उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी दिवएका छन्। पुरुषतर्फ सरोजकुमार यादव, मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, अर्जुन थापा, आङ देन्डी शेर्पा, अमरेशनारायण झा, विद्युत बज्राचार्य, गोविन्द चौधरी, शिवलाल थापा मगर, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, राजन केसी र सुमनकुमार चौधरीको उम्मेदवारी परेको छ।

महिलातर्फ रेखा यादव, राधा थापा , सुनी लामा, लीलादेवी सिटौला, सविता यादव र शोभा देवीले उम्मेदवारी दिएका छन्।

दुई महासचिवका लागि बोमबहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोककुमार यादवको उम्मेदवारी परेको छ।


तीन उपमहासचिवका लागि खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, सुरेशकुमार मण्डल, रामबाबुप्रसाद यादव, रामकिशोरप्रसाद यादव, राजकुमार राई, योगेन्द्र राय यादव, शैलेन्द्रप्रसाद साह, डा. जय प्रकाश राय यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उम्मेदवार छन्।

एक कोषाध्यक्षका लागि रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ। यस्तै ७ सचिवका लागि ३४ जनाले उम्मेदवारी दिएका छन्।