लहान, १७ जेठ। दलित जनकल्याण युवा क्लवले विभिन्न परियोजनाहरुमा कार्यरत कर्मचारीहरुलाई संस्था सुरक्षण नीतिबारे छलफल कार्यक्रम चलाएको छ। क्वलद्वा सञ्चालित द विकन, स्थानीय अधिकार कार्यक्रम ३६, एकिकृत जिविकोपार्जन सुधार कार्यक्रममा कार्यरत कर्मचारहिरुलाई संस्था सुरक्षण नीतीवारे छलफल कार्यक्रम चलाएको हो।
संस्थामा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुलाई संस्थाको सुरक्षण नीतीका वारेमा जानकारी गराउने उद्देश्यले छलफल कायक्रम संचालन गरीएको संस्थाका अध्यक्ष उमेश कुमार विसुन्खेकले जानकारी दिए।
अभिमुखिकरण संस्थाका सुरक्षण अधिकारी कविता चौधरीद्धारा गरिएको थियो। कार्यक्रममा सहभागीहरुले आ–आप्ना मनमा लागेका जिज्ञासाहरुका वारेमा छलफल समेत गरेका थिए।
कार्यक्रममा २० जनाको सहभागीता रहेको थियो। जसमा १२ जना महिला र ८ जनापुरुष रहेका थिए।


 
                    


 
         
         
        

















