गतवर्षकै योजनाको भुक्तानी दिन आनाकानी गरेपछि प्रशासकीय अधिकृत कार्यकक्षमा थुनिए

    • जेठ १५, २०८१
    • २८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, १५ जेठ। विकास निर्माणको कार्य सम्पन्न गरेको लामोसमय वितिसक्दापनि भुक्तानीको विषयलाई लिएर सर्लाही चन्द्रनगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत माथि हातपातको प्रयास भएको छ। गत आर्थिक बर्ष २०७९/८० को सम्पन्न योजनाको भुक्तानीको लागि निवेदन दिएपनि विभिन्न बहानामा अहिलेसम्म भुक्तानी नदिदा समितिका पदाधिकारीहरुद्धारा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर थिंगमाथि दुव्र्यवहार र हातपात गर्ने प्रयास भएको हो।

    २०८० को कार्यक्रमहरु गर्न त्यस समयमा गठीत उपभोक्ता समितिसंग सम्झौता भए अनुसारको कार्य गत असारमा सम्पन्न गरेपनि पाउनु पर्ने भुक्तानी विभिन्न कारणबस गाउँसभा हुन नसकेकाले अहिले सम्म पुरानो भुक्तानी हुन बताइएको छ।

    गत चैत्र २७ पछि गाउँ सभा सम्पनन् भएपछि भुक्तानी पाउने आशा उपभोक्ता समितिलाई दिएपनि तर प्रमुख प्रशासकीय अधिकृत थिङ र लेखा सुनिल साहले विभिन्न बहाना गर्दै अहिलेसम्म जालझेल गर्दै आएपछि आक्रोशित उपभोक्ता समितिले बाध्यभएर दुव्र्यवहार गरिएको स्थानीय भोला सिंहले बताए। उनले ‘बर्ष दिन भन्दा बढि समय भईसक्यो काम गरेको तर अहिले सम्म भक्तानी दिन आनाकानी गरेपछि जो पनि आक्रोशित भईहाल्छ नी; भने।

    आक्रोशित बनेका सिंह र मोति महतोले थिङ्लाई गालीग्लौज गर्दै कार्यकक्षमा थुनेको र लेखा फाँटको सिसा फुटाइदिएको आरोप छ। महतोले भावुक हुँदै भने, ‘मैले पसलबाट ल्याएको समान बापत दिएको चेक बाउन्स भएको छ। अब पक्राउ पर्ने अवस्थामा पुगिसक्यौं। यहाँको वाहाना किल्यै सकिन्न। हामी के गर्ने?’

    ‘कयौं पटक प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई हार–गुहार गरेर थकित भईसक्यौं, तर भुक्तानीको कुनै आश नरहेपछि यस्तो कदम उठाउन बाध्य भयौं; उपभोक्ता समितिका उक पदाधीकारीले भने, ‘म जस्तै कैयौं उपभोक्ता समितिले भुक्तानी नपाएर समस्यामा परेका छन्। साहुबाट धितो राखेर चर्काे ब्याजमा ऋण लिएर काम गर्यौं अहिले यस्तो विलखबन्धमा परिएको छ।’
    सामान्य प्रशासन मन्त्रालयमा आफनो मान्छे रहेको भन्दै मलाई कसैले सरुवा गर्न सकिदैन भनेर धाकधम्की देखाउदै उपभोक्ता समिती, फर्म÷कम्पनी सीत पैसा उठाउने कार्य गर्दै आएको र गत आवमा गरिएको कामको भुक्तानी माग्दा समेत पैसाको बार्गेनिङ गर्दै भुक्तानी दिन आलटाल गरेका नाम नलेख्ने शर्तमा एक उपभोक्ता समितिका अध्यक्षले बताए।

    समान्य प्रशासन मन्त्रालयमा आफ्नो मान्छेरहेकाले एकै ठाउँमा ३ बर्ष भन्दा बढी समय प्रमुख प्रशासकीय अधिकृत बस्दा यहाँ भ्रष्टाचार मौलाउदै गएको उनले आरोप लगाए।

    गत आवमा भुक्तानी हुनुपर्ने रकम चालु आवमा गाउँ सभा भएको २ महिना बितिसक्दा पनि भुक्तानी नभएकोले समान ल्याएका पसलेले चेक बाउन्सको मुद्दा गराउन लागेको हुँदा रिसले गाउँपालिकामा पुगेर प्रमुख प्रशासकीय अधिकृत माथी अभद्र ब्यवहार गर्दै लेखाको कोठाको झ्याल तोडफोड गरेका छन्।

    एक हप्ता अगाडी शिक्षक तलवभत्ता निकासा नगर्दा शिक्षकले पनि गालीगलौज गरेका थिए। प्रमुख प्रशासकिय अधिकृतको टेबलमा न कम्प्यूटर हुन्छ, नकुनै कार्यको लिस्ट नै हुन्छन, एक जना कर्मचारीले भने। उनले भने, ‘१२ बजे अफिस आउँछ, हाकिम मोबाइल चलाएर बस्छ।नियमित कर्मचारीको बैठक समेत नगरेका कारण कर्मचारी आफैमा मनमुटाव बढदै गएका छन्। यसले पालिकाका काम प्रभावित हुनुका साथै बेरुजुका चाङ्ग नै लागेको नगरपालिका श्रोतले बतायो।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल