लहान, १० जेठ। प्रत्यक वैशाख पूर्णिमाको दिन जस्तै यसवर्ष पनि सिरहाको लहान नगरपालिका १५ ढोडनास्थित राजदेवी पञ्चायती मन्दिर भव्य मेला लागेको छ। लहान बजारबाट करिव १० किलोमिटर उत्तरमा चुरेको फेदिमा रहेको करिब तीन बिघा क्षेत्रफलमा फैलिएको राजदेवी मन्दिर बलि पूजाको लागि प्रशिद्ध मानिन्छ।
भाकल पूराभएरकाहरु आजकै दिन बोका, पाठी, हास, परेका, खुकरासहित आज मन्दिरमा बली चडाउन आउने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिए। उनका अनुसार भाकल पूराभएकाहरुले आफ्नो भाकल अनुसार बलिदिनेले पुशपक्षि लिएर आउने गरेको बताए।
यहाँ भाकलगर्दा विभिन्न रोगव्यादी निदान हुने र सन्तान प्राप्ति हुने जनविश्वास रहँदै आएको छ। मन्दिर आसपासको क्षेत्रमा हिजोदेखि नै मेलाभर्नेको चहलपहल रहेको थियो।
व्यवस्थित ढङ्गले मेला सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर चार सय स्वयंसेवक खटाइएको अध्यक्ष चौधरीले जानकारी दिए। मेलाका हजारौं भक्तजन आएको र करिव ३० हजारको हाराहारीमा पशुबलि दिइएको हुन सक्ने मेला व्यवस्थापन समितिले जनाएको छ।
प्रत्यक वर्ष बैशाख पूर्णिमाकै दिन लाग्ने यो पशु बलि दिने शक्तिपीठको रुपमा यस क्षेत्रमा परिचित छ। मेलामा छिमेकी जिल्ला सप्तरी, उदयपुर, धनुषासहित भारतबाट पनि आउने गर्दछ।
 
 


 
                     
                            
                                                            


 
         
         
        

















